सरकार सञ्चालनमा जनता सन्तुष्ट छैनन् : नेतृ संग्रौला

डिसी नेपाल
९ पुष २०८१ ११:२३

बुटबल। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन्।

रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा नेतृ संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पुरा गर्न सफल नभएको जिकिर गरिन्। तत्काल संविधान संसोधनको प्रक्रिया अगाडी बढाउँनुपर्ने कुरामा नेतृ संग्रौलाको जोड थियो।

काँग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभुति नगरेको, सरकार सञ्चालनमा भएकाहरु अल्मलिएको बताइन्। काँग्रेसले सञ्चालन गरेको अभियान संगठनलाई मजवुद बनाउन, जनतासँग नेताहरु पुगी समस्या पहिलाउन र समाधान गर्नका लागि देशभर प्रतिनिधी खटिइ क्रियाशिल वितरण पनि अगाडि बढाएको बताइन्।

क्रियाशिल वितरणको काम सुरु भएसँगै महाधिवेशनको तयारी सुरु भएको बताउँदै समयमै काँग्रेसको महाधिवेशन हुने कुरामा विश्वस्त भएको बताइन्। वर्तमान सत्ता गठबन्धन सत्ताको लागि मात्र होइन, अस्थिरता अन्त्य सँगै संविधान संशोधनकै लागि काँग्रेस एमाले एक ठाउँमा सत्ता सहकार्य गर्न पुगेको संग्रौलाले बताइन्।

संविधान संशोधनमा निर्वाचन प्रणााली सहितका संरचना संशोधन गर्नका लागि प्रक्रिया अगाडी बढेको बताएकी नेतृ संग्रौलाले कार्यदल मार्फत अगाडि बढाउने बताइन्। वर्तमान सरकार विधीको शासनलाई पालना गर्दै स्टन्टबाजी गर्नेहरुलाई, भ्रष्टाचार गर्नेलाई कारवाही गर्ने, जोकोही भएपनि कसैलाई छोड्न नहुने उनकाे भनाइ थियाे।

पूर्वसांसद समेत रहेकी नेतृ संग्रौलाले काँग्रेसको आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्नका लागि उत्तराधिकारी कसैको कोही नहुने बताउँदै भिजन र मिसन भएको व्यक्तीले पार्टीको नेतृत्व गर्ने बताइन्।

यो सरकार २०८४ सालसम्म नै एमालेसँगको सहकार्यमा सञ्चालन हुने भएकाले सहमतिअनुसार नै चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवाले गर्ने बताउँदै माओवादीले जनतालाई पटक–पटक धोका दिएकाले माओवादीसँग सहकार्य नहुने स्पष्ट पारिन्।

संविधान संशोधनमा महिलाको अधिकार प्राप्तिका लागि प्रत्यक्षतर्फ ४० प्रतिशत उम्मेदवार बन्न पाउने गरी र महिलाको अधिकारका लागि लडिरहने बताएकी संग्रौलाले काँग्रेसको पदाधिकारीमा पनि ३३ प्रतिशत महिलाले नेतृत्व गर्न पाउनुपर्नेमा जोड दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *