इरानमा हमास नेता इस्माइल हानियाको हत्या आफूले गरेको इजरायलको स्वीकारोक्ति

डिसी नेपाल
९ पुष २०८१ १३:२२

काठमाडौं । इजरायलले इरानको तेहरानमा हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्या आफूले गरेको पुष्टि गरेको छ ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले पहिलो पटक इजरायलले हमासका राजनीतिक नेता इस्माइल हानियालाई तेहरानमा यसै वर्षको जुलाईमा मारेको स्वीकार गरेका छन् ।

आफ्नो भाषणमा उनले यमनमा इरान समर्थित हुथी समूहका नेताहरूलाई निशाना बनाउने कुरा पनि गरे। यस क्रममा उनले हमासका नेताहरुको बारेमा पनि कुरा गरे ।

हानिया मारिने बेला इरानको तेहरानस्थित एउटा भवनमा थिए । त्यसबेला पनि हमास र इरानले इजरायललाई हमलाको जिम्मेवार ठहर गरेका थिए।

अर्कोतर्फ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग गाजामा युद्धविराममा सहमतिको दिशामा केही प्रगति भएको बताएका छन् । तर, यो सम्झौता कहिले हुन्छ भन्ने कुनै समय सीमा तोकिएको छैन।

हमास र इजरायलबीच ९० प्रतिशत वार्ता पूरा भइसकेको तर केही महत्वपूर्ण विषयमा छलफल हुन बाँकी रहेको प्यालेस्टाइनका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *