अभिनेता अल्लु अर्जुन सोधपुछका लागि प्रहरी चौकी पुगे

डिसी नेपाल
९ पुष २०८१ १४:४७

काठमाडौं । फिल्म अभिनेता अल्लु अर्जुन मंगलबार हैदराबादको चिक्कडपल्ली प्रहरी चौकी पुगेका छन् । सन्ध्या थिएटर घटनाको सम्बन्धमा हैदरावाद प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको छ ।

यो मामला अल्लु अर्जुनको फिल्म ‘पुष्पा–२: द रुल’ को प्रदर्शनका क्रममा भागदौड हुँदा एक महिलाको मृत्युको हो ।

अल्लु अर्जुनको घर बाहिर पनि सुरक्षा बढाइएको छ । प्रदर्शनकारी आइतबार उनको घरबाहिर पुगेका थिए ।

उनको घरमा राखिएको भाँडा र अन्य सामान तोडफोड गरिएको थियो । यस घटनाको तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले निन्दा गरेका छन्।

यस विषयमा भाजपा नेता रघुनंदन रावले भने, “राज्यका अन्य धेरै मुद्दाहरू जस्तै यो सानो कुरा हो। त्यो भागदौडमा पुलिस र थिएटर प्रशासनको भूमिका के थियो? सुरक्षा प्रदान गर्न कसले असफल भयो?”

उनले भने, “जब अल्लु अर्जुनलाई पत्रकार सम्मेलनमा आउन अनुमति छैन, हैदरावादका सीपीले कसरी मिडियामा आएर सामाजिक सञ्जालमा भाइरल भएका केही भिडियोहरू देखाउन सक्छन्?”

यस मामिलामा अल्लु अर्जुनले हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएका थिए । उनी १४ डिसेम्बरको बिहान रिहा भएका थिए ।

हैदरावाद प्रहरीले उनलाई एक दिनअघि १३ डिसेम्बरमा पक्राउ गरी अदालतमा पेश गरेको थियो ।

तर, केही समयपछि तेलंगाना उच्च अदालतले उनलाई चार हप्ताको लागि अन्तरिम जमानत दिएको थियो । तर त्यो रात उनी रिहा भएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *