दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

डिसी नेपाल
१० पुष २०८१ १९:०६

घोराही (दाङ) । दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार दिउँसो गढवा गाउँपालिका–५ कक्रहवास्थित गढवा कोइलावास सडकखण्डमा भएको दुर्घटनामा परेर अन्य दुईजना घाइते भएको प्रहरीले जनाएको छ।

कोइलावासतर्फ जाँदै गरेको रा १ ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा परेर राजपुर गाउँपालिका–३ भैसहवा निवासी वर्ष ५० का तुलाराम विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले बताए।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो ३ः३० बजे उपचारका क्रममा उनको मृत्यु भएको हो।

उक्त दुर्घटनामा घाइते भएका सोही ठाउँका अन्दाजी ४० वर्षीया वसन्ती विकको लमही अस्पतालमा र राजपुर–४ का अन्दाजी वर्ष ३६ का प्रेमचन्द्र यादवको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।

अटो चालक राजपुर गाउँपालिका–तीन भैसहवा निवासी वर्ष ४० का मदन विक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *