संघीय संसदका ४ वटा समितिको बैठक बस्दै

डिसी नेपाल
११ पुष २०८१ ७:१४

काठमाडौं। संघीय संसदका चारवटा समितिका बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारमा बस्नेछ।

जसअनुुसार अर्थ समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल हुने सचिवालयले जनाएको छ । सो बैठक बिहान ११ः०० बजे बोलाइएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिको समितिको बैठक भने दिउँसो १ः०० बजे बोलाईएको छ। जुन बैठकमा ​सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा मुख्य र प्रमुख सचेतक, सचेतकहरु छलफल गरिनेछ।

उता, पूर्वाधार विकास समितिको बैठकमा पुरानै अजेन्डा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सांसदहरुसँग छलफल हुनेछ, जुन बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुरानै बिषय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सबन्धि छलफलले निरन्तरता पाउनेछ। जुन बैठक दिउँसो १ः०० बजे बोलाईएको संसद सचिवालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *