भागदौडमा ज्यान गुमाएका परिवारलाई पुष्पाः २ टिमले २ करोड दिने
हैदराबाद । तेलुगु अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ः द रुल’ को विशेष स्क्रिनिङमा भएको भागदौडमा ज्यान गुमाएका परिवारलाई २ करोड दिइने भएको छ।
यही महिना हैदराबादको सन्ध्या थिएटरमा भएको भागदौडमा मृत्यु भएकी ३५ वर्षीया महिलाको परिवारलाई २ करोड रुपैयाँ दिइने भएको हो ।
अभिनेता अल्लु अर्जृनकाका पिता अल्लु अरविन्दले यो घोषणा गरेका हुन । चलचित्र निर्माता अरविन्दले पत्रकारहरुसँग भने कि दुई करोड मध्ये १ करोड छोराले तिर्नेछन भने बाँकी रहक फिल्म निर्माता, मिथ्री मुभि मेकर्स र निर्देशक सुकुमारले एक आपासमा सल्लाह गरेर सहयोग गर्नेछन् ।
‘उक्त रकमले परिवारको लागि क्षतिपूर्तिको उपायको रूपमा काम गर्नेछ,’ श्री अरविन्दले भने, ‘यो रकम महिलाको ८ वर्षीय छोरा श्रीतेजको भविष्य सुरक्षित गर्न पनि हो, जसले गम्भीर चोटपटक भोग्नुपरेको थियो र सहयोगमा राखिएको छ ।’
‘पीडित परिवार र हामी बीचको मध्यस्थताको लागि दिल राजुप्रति आभारी छौं,’ उनले भने । अभिनेताका बुबाले पनि बालको उपचार गर्ने डाक्टरहरूसँग कुरा गरेको र बच्चा निको भइसकेको जनाएका छन् । ‘अहिले भेन्टिलेटरबाट हटाइएको छ र उनी आफैँ सास फेर्न सक्ने भएको खबर सुन्न पाउँदा हामी खुसी छौं। डाक्टरहरू सकारात्मक छन्, उनी छिट्टै हामीसँगै हिँड्ने छन् भन्ने कामना गर्दछौं, यो हाम्रो विश्वास र हाम्रो प्रार्थना हो।’
Facebook Comment