भोजपुरमा जिप दुर्घटना : एक जनाको ज्यान गयो, ९ घाइते
काठमाडौं । भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान जानुका साथै ९ जना घाइते भएका छन्।
भोजपुर नगरपालिका–५ डाँडाटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको जिप बिहीबार बिहान दुर्घटना हुँदा एकको ज्यान जानुका साथै ९ जना घाइते भएको भोजपुर प्रहरीले जनाएको छ।
घाइतेमध्ये तीनको अवस्था गम्भीर छ। उनीहरूलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ। अन्यको भोजपुर अस्पताल र विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया
Facebook Comment