मोजाम्बिकमा जेलबाट १५०० भन्दा बढी कैदीहरू भागे, झडपमा ३३ जना मारिए

डिसी नेपाल
११ पुष २०८१ १५:०३

काठमाडौं । अफ्रिकी देश मोजाम्बिकको प्रहरीले चुनावी नतिजाविरुद्ध जारी हिंसात्मक प्रदर्शनको फाइदा उठाउँदै जेलबाट १५०० भन्दा बढी कैदीहरू भागेको बताएको छ।

देशका प्रहरी प्रमुख बर्नार्डो राफेलले सुरक्षा गार्डसँगको झडपमा ३३ जनाको मृत्यु भएको र १५ जना घाइते भएको बताएका छन् । कारागारबाट भागेका १५० भन्दा बढी कैदीलाई पुनः पक्राउ गरिएको उनको भनाइ छ ।

अदालतको फैसलापछि मोजाम्बिकमा सोमबारदेखि प्रदर्शन सुरु भएको छ । अदालतले अक्टोबरमा भएको निर्वाचनमा सत्तारुढ फ्रेलिमो पार्टीको जितको पक्षमा फैसला गरेको थियो ।

यो पार्टी मोजाम्बिकमा सन् १९७५ देखि सत्तामा छ। अक्टोबरमा भएको विवादास्पद निर्वाचनपछि देशमा अशान्ति छाएको छ ।

प्रहरी प्रमुख राफेलले बुधबार सरकार विरोधी सङ्गठनका प्रदर्शनकारीहरू राजधानीको कारागारमा पुगेका थिए, जसको फाइदा उठाउँदै कैदीहरूले कारागारको पर्खाल भत्काएर भागेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *