सिरियामा असद समर्थकहरूले गरेको आक्रमणमा १४ सुरक्षाकर्मी मारिए

डिसी नेपाल
११ पुष २०८१ १५:२७

काठमाडौं । सिरियाका विद्रोही नेतृत्वको सरकारी अधिकारीहरूले पूर्व राष्ट्रपति बसर अल-असदका समर्थकहरूले गरेको आक्रमणमा गृह मन्त्रालयका १४ सुरक्षाकर्मीको मृत्यु भएको बताएका छन्।

यस आक्रमणमा १० जना घाइते पनि भएका छन् । मंगलबार टार्टस बन्दरगाह नजिकै यो हमला भएको अधिकारीहरुले बताएका छन् ।

रिपोर्टका अनुसार सुरक्षाकर्मीहरू सिरियाको कुख्यात सैदनाया जेलमा संलग्न एक पूर्व अधिकारीलाई पक्राउ गर्न गएका थिए, जब उनीहरूमाथि आक्रमण भएको थियो।

असद सरकार करिब दुई हप्ता अघि सिरियामा पतन भएको थियो र अहिले विद्रोही इस्लामिक संगठन हयात अल-तहरिर (एचटीएस) को नियन्त्रणमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *