ट्राफिक प्रहरी प्रमुख २५ हजार घुससहित पक्राउ

डिसी नेपाल
११ पुष २०८१ १५:५१

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

सवारी साधन आवत/जावत गर्न सहजीकरण गरिदिए वापत घुस माग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका बुढाथोकीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ। उनीविरुद्ध अख्तियारले २५ हजार बिगो दाबी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *