कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक छ : जनार्दन शर्मा

डिसी नेपाल
११ पुष २०८१ १७:०२

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यकभएको बताएका छन्।

चिनियाँ नेता माओत्सेतुङको जन्मजयन्ती अर्थात माओ दिवसका अवसरमाबिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कम्युनिस्ट आन्दोलनलाई गतिशील बनाउँदै हालको राजनीतिक परिप्रेक्ष्यलाई सम्बोधन गर्न पुनर्गठन अपरिहार्य भएको बताएका हुन्।

उनले भने, ‘आज कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठनको आवश्यकता छ। पुनर्गठन हुनत ०६४ सालबाट प्रारम्भ गर्न खोजिएको हो। ०६४ मा सिंगो वाम शक्तिलाई एकताबद्ध गर्ने उद्देश्यले चुनावी तालमेल गरियो र ०६५ मा एकता गरेर अघि बढ्ने प्रक्रिया सुरु भएको हो।’

‘त्यतिबेलाको नीति र उद्देश्यमा कुनै त्रुटि थिएन। तर नेतृत्व तहमा देखिएको समस्या र आपसी खिचातानीका कारण त्यस अभियानले सफल रुप लिन सकेन’, उनले भने, ‘नीतिगत रुपमा त्यहाँ गलत थिएन। नेतृत्वको समस्या, नेतृत्वको कमजोरी, नेतृत्वको गलत समस्याको खिचातानीले त्यो सफल हुन सकेन।’

शर्माले नेतृत्वको कमजोरी र मतभेदकै कारण वाम आन्दोलनले आफ्नो अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उल्लेख गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *