रास्वपा सचिवालय बैठक बस्दै, केन्द्रीय बिभागमा मनोनयन गरिने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ ।
सभापति रबि लामिछाने तीन महिना बढी समयदेखि हिरासतमा रहेपछि पार्टीका गतिबिधि अघि बढाउन सचिवालय बैठक बोलाइएको हो । बैठक दिउँसो ३ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
आजको बैठकमा समसामयिक राजनीति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारीलगायतका विषयमा छलफल हुने जनाइएको छ । कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार पार्टी गतिबिधिलाइ निरन्तरता दिनका लागि यो बैठक बोलाइएको हो ।
प्रतिक्रिया
Facebook Comment