दुर्गा प्रसाईं रिहाविरुद्ध सरकार पुनरावलोकनमा जाने
काठमाडौं । आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका दुर्गा प्रसाईंलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जाने भएको छ।
बन्दी प्रत्यक्षीकरणको रिटमा पुस ५ मा सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीले प्रसाईंलाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश गरेकोमा पुनरावलोकनको निवेदन दर्ता गर्न लागिएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता (सहन्यायाधिवक्ता) सूर्यराज दाहालले जानकारी दिए।
प्रसाईंविरुद्ध प्रहरीले आपराधिक लाभ लिन नुहने र साइबर सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
Facebook Comment