दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपति विरुद्ध महाभियोग प्रस्तावमा मतदान पूरा, अब के हुन्छ ?
काठमाडौं । दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपति हान डक सुविरुद्धको महाभियोग प्रस्तावको लागि मतदान सम्पन्न भएको छ ।
महाभियोग प्रस्तावमा कुल १९२ सांसदले मतदान गरेका छन् । यसलाई पारित गर्न १५१ भन्दा बढी मत चाहिन्छ।
अब कार्यवाहक राष्ट्रपति हान डक-सू विरुद्धको महाभियोगलाई संवैधानिक अदालतबाट पनि पुष्टि गर्न आवश्यक छ र यो महाभियोगलाई कायम राख्न अदालतसँग १८० दिनको समय छ।
शुक्रबार कार्यवाहक राष्ट्रपति हान डक सुले भने, “म नेशनल एसेम्बलीको निर्णयको सम्मान गर्दछु र म संवैधानिक अदालतको निर्णयको प्रतीक्षा गर्नेछु।”
पूर्व राष्ट्रपति युन सुक-योलले डिसेम्बर ३ मा दक्षिण कोरियामा मार्शल ल लागू गरेका थिए, जुन असफल भएको थियो।
मार्शल ल लगाउने उनको असफल प्रयासका कारण उनीविरुद्ध संसदमा महाभियोग प्रस्ताव पारित भएको थियो । त्यसपछि प्रधानमन्त्री हानले कार्यवाहक राष्ट्रपतिको पदभार ग्रहण गरेका थिए ।
कार्यवाहक राष्ट्रपति हान डक-सू विरुद्ध महाभियोग प्रस्ताव ल्याउनुको पछाडि विपक्षी सांसदहरूले कार्यवाहक राष्ट्रपतिले पूर्व राष्ट्रपति युन विरुद्धको महाभियोग प्रक्रिया पूरा गर्ने मागहरू स्वीकार नगरेको तर्क गरेका छन् ।
शुक्रबार संसदमा महाभियोग सम्बन्धी मतदानका क्रममा निकै हंगामा भएको थियो ।
Facebook Comment