मौलापुर नगरपालिकाले दिन्छ जनतालाई निःशुल्क बिजुली र पानी

डिसी नेपाल
१३ पुष २०८१ १०:४३

काठमाडौं । रौतहटस्थित मौलापुर नगरपालिकाले नागरिकको विद्युत महशुलवापत दुई करोड बढी रुपैयाँ नेपाल विद्युत प्राधिकरणलाई बुझाएको छ।

सम्पूर्ण करसँगै निःशुल्क बिजुली पानीको लागी मधेश प्रदेशमै छुट्टै स्थान बनाउन सफल मौलापुरले निःशुल्क विद्युत कार्यक्रमअन्तर्गत नगरवासीको विद्युत महसुलवापत उक्त रकम बुझाएको हो।

मेयर रिना कुमारी साहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले शुक्रवार ३५ लाख बराबरको चेक नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रका आय प्रमुख सुरेश प्रसाद चौधरीलाई हस्तान्तरण गरेका थिए। यही पुस, माघ, र फाल्गुन महिनाका घरायसी तथा कृषि विद्युत मिटरहरूको महसुल भुक्तानी हुने छ।

चालू आर्थिक वर्ष २०८१/०८२ मा हालसम्म मौलापुर नगरपालिकाले २ करोड २० लाख रुपैयाँको विद्युत महसुल बापत प्राधिकरण लाई बुझाएको अधिकृत साहले बताएका छन्।

मौलापुर नगरपालिकाले नयाँ विद्युत् मिटर जडान गरेका उपभोक्ताहरूलाई नागरिकता र ग्राहक नम्बरसहित निवेदन दिएर निःशुल्क ग्राहक सूचीमा समावेश हुन आग्रह गरेको छ।

मौलापुर नगरपालिकामा रिना साहले मेयरको जिम्मेवारी पाएदेखि नै त्यहाँ बाट पाउने सम्पूर्ण सुविधाका साथै बिजुली र पानी समेत निःशुल्क गरेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *