अमेरिकामा घरबारविहीनको संख्या उच्च

डिसी नेपाल
१४ पुष २०८१ ७:०५

न्युर्योक। संयुक्त राज्य अमेरिकामा घरबारविहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको एक नयाँ रिपोर्टले देखाएको छ। देशमा करिब २० वर्षअघि संघीय सरकारले यस विषयमा रेकर्ड राख्न सुरु गरेको थियो।

सन् २०२४ को जनवरीमा एकै रातमा करिब सात लाख ७२ हजार मानिस घरबारविहीन भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो। ब्लुमबर्ग न्युजले शुक्रबार सरकारी प्रतिवेदनलाई उद्धृत गर्दै भनेको छ, ‘यो संख्या सन् २०२३ को तुलनामा ३९ प्रतिशतले वृद्धि भएको र यसमध्ये ८० हजारभन्दा बढी बालबालिका भएका परिवार रहेका छन्।

जनवरीमा न्युयोर्क शहर, डेनभर, सिकागो र अन्य शहरहरूमा आप्रवासीहरूको आगमनले आश्रय प्रणालीलाई संकटमा पार्दा पारिवारिक बेघर वा आश्रयविहीन जनसंख्याको यो वृद्धि, लगभग सात प्रतिशतले बढेको छ। सीमामा कमजोर सुरक्षाको कारण आप्रवासीहरूको प्रवेश बढेको र यसरी आएका आप्रवासी दक्ष र यसका कारण उनीहरू बेरोजगार बन्ने र घरबारविहीन हुने क्रम बढ्ने गरेको छ।

यसबाहेक दुव्र्यसनीका कारण पनि अमेरिकीहरूले आफ्नो आश्रयस्थल गुमाउँदा घरबारविहीन बनने गरेका रिपोर्टमा उल्लेख गरिएको छ । हृवाइट हाउस र अमेरिकी आवास तथा सहरी विकास विभागका अधिकारीहरूका अनुसार बाइडेनले शरणको दाबीमाथि कडा कदम चालेपछि गत जुनदेखि नै यो संकट कम भएको जनाएका छन् । अधिकारीहरूले गैरकानुनी रूपमा सीमापार गर्ने क्रम निकै कम भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *