‘वाइवाइ थोक विक्रेता उपहार योजना’को लक्की ड्र मार्फत बम्पर उपहार मोटरसाइकल वितरण

डिसी नेपाल
१४ पुष २०८१ १०:१६

इटहरी। धरानको देउरालीस्थित पाथीभरा सप्लायर्सका प्रेम श्रेष्ठले हिरो एक्स प्लस मोटरसाइकल जित्दै ‘वाइवाइ थोक विक्रेता उपहार योजना’को बम्पर उपहार विजेता बन्न सफल भएका छन् ।

सिजी ग्रुपको ‘वाइवाइ नुडल्स डिभिजन कोशी प्रदेश’द्वारा आयोजना गरिएको यो योजना अन्तर्गत शुक्रबार ईटहरीमा रहेको एरिना बेन्क्वेटमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

लक्की ड्र मार्फत बम्पर उपहार प्रदान गरिएको कार्यक्रममा सिजी नुडल्सका कोशी प्रदेश सेल्स हेड मिलन राना सभाध्यक्ष थिए भने प्रमुख अतिथिको रुपमा नेपाल वितरक महासंघका केन्द्रिय विशिष्ठ उपाध्यक्ष टंक प्रसाद खनालले उपस्थिति रहेको थियो ।

यस योजना अन्तर्गत अन्य थुप्रै आकर्षक पुरस्कारहरु समेत प्रदान गरिएको थियो । जसमा सान्त्वना पुरस्कारस्वरुप १० जनाले सिजी इयर कुलर जिते भने तेश्रो पुरस्कार अन्तर्गत ३ जनालाई ४३ इन्चको सिजी स्मार्ट टिभी र दोश्रो पुरस्कारस्वरुप २ जनालाई ५० इन्चको सिजी स्मार्ट टिभी प्रदान गरियो ।

२०८१ जेठदेखि असोज मसान्तसम्म थोक विक्रेताहरुलाई लक्षित गर्दै सञ्चालन गरिएको यो योजना सिजी ग्रुपको ग्राहकप्रति समर्पण र भरोसा अभिवृद्धिको उद्देश्यले आयोजना गरिएको हो । कार्यक्रमको संयोजन सिजी फुड्स कोशी प्रदेशका मार्केटिङ म्यानेजर रवीन्द्र मास्केले गरेका थिए ।

कार्यक्रममा नबिल बैंकका दीपक श्रेष्ठ, युनाइटेड अजोड इन्स्योरेन्सका केदार बहादुर खत्री, सिजी इलोक्ट्रोनिक्सका रमेश अधिकारी, सिजी ब्रुअरीका राम शरण न्यौपाने, सिजी बेभरेजका हेमनाथ पौडेल र सिजी फेन्कोका ऋषि ढकाललगायतको उपस्थिति रहेको थियो ।

यस लक्की ड्रले सिजी ग्रुप र यसको विक्रेताहरुलाई थप नजिक ल्याउन महत्वपूर्ण योगदान दिएको देखिन्छ । कार्यक्रममा कोशी प्रदेशका सिजी नुडल्स का थोक विक्रेताहरु को बाक्लो उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *