कविता : छोरालाई शिक्षा
पिता माताको पनि याद आओस्
अर्ती र बुद्धि खेर केही नजाओस्
आफ्ना व्यवहार सब शुद्ध गर्नु
रिस त हिन हो शिरमा नभर्नु
विद्या र बुद्धि ममता त आओस्
यस्ता कुरामा दिल छटपटाओस्
दाइहरुमा गई सानु पर्नु
भाइ बहिनी सँग प्रेम गर्नु
अर्ती दिँदै छु तिमीलाई अहिले
रिस राघ नगर्नु तिमीले कहिले
बाबु मलाई तिम्रै छ याद
खाने कुराको पनि छैन स्वाद
अर्ती म दिन्छु तिमीलाई बाबु
पढ्ने कुरामा नभएस् काबु
सम्झेर बाबु मुटु धड्कदै छ
पीरको सोलाले शिर चड्कँदै छ
आशिष म दिन्छु तिमीलाई पहिले
अर्ति सुनी रिस लिन हुन्न कहिले
सम्झिरहन्छु तिमीहरुलाई
बसोस् नाम ठुलो पदबी चलाई
आउन बाबु घर तर्फ पहिले
शिक्षा दिउँला विधिले क्रमैले
घरको व्यवहार गर्नु छ साह्रो
राजधानी भित्रै धनको छ धारो
राजधानी जाइ तिमी बस्न पाइ
सन्तोाष छ बाबु मनमा मलाई
बाबा आमाको पनि अर्ति लेउ
सहर सहरमा घर छाँटि देउ
विद्या र बुद्धि बहुतै हओस्
नेपाल भित्रै पिरती रहोस्।
सुन्दरहरैंचा-११,कर्जुना ,मोरङ
Facebook Comment