ट्रम्पले सर्वोच्च अदालतलाई टिकटकमा प्रतिबन्ध लगाउन ढिलाइ गर्न आग्रह गरे
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथिको प्रतिबन्ध हटाउन अमेरिकी सर्वोच्च अदालतलाई अनुरोध गरेका छन् ।
ट्रम्पका वकिलले शुक्रबार अदालतमा कानूनी याचिका दायर गरेका थिए । जसमा ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने विरोध गरेको र पदभार ग्रहण गरेपछि राजनीतिक माध्यमबाट यो समस्या समाधान गर्न चाहेको बताइएको छ ।
जनवरी १० मा अदालतमा सुनुवाइ हुनेछ जसमा चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी कम्पनीलाई टिकटक बेच्नु पर्ने वा जनवरी १९ मा प्रतिबन्धको सामना गर्नुपर्नेछ।
अमेरिकी अधिकारी र सांसदहरूले बाइटडान्स चिनियाँ सरकारसँग जोडिएको दाबी गरेका थिए। तर, कम्पनीले यो दाबीलाई अस्वीकार गरेको छ ।
प्रतिक्रिया
Facebook Comment