मेलबर्न टेस्टः चौथो दिनको खेल सकियो, अष्ट्रेलियाको भारतमाथि ३३३ रनको अग्रता

डिसी नेपाल
१४ पुष २०८१ १३:५४

काठमाडौं । मेलबर्नमा जारी बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्ट म्याचको चौथो दिनको खेल सकिएको छ । दोस्रो इनिङ्समा अस्ट्रेलियाले ९ विकेट गुमाएर २२८ रन बनाएको छ ।

अस्ट्रेलियाका लागि नाथन लियोन र स्कट बोल्याण्ड अहिले क्रिजमा छन् ।

अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गरेको पहिलो इनिङ्समा ४७४ रन बनाएको थियो । पहिलो इनिङ्समा ब्याटिङ गरेको भारतीय टोलीले ३ सय ६९ रन मात्रै बनाउन सकेको थियो ।

भारतका लागि उत्कृष्ट ब्याटिङ गर्दै नितिश रेड्डीले आफ्नो पहिलो टेस्ट शतक बनाए र ११४ रन बनाए।

अस्ट्रेलियाको दोस्रो इनिङ्समा भारतीय कप्तान जसप्रित बुमराहले ४ विकेट लिएका छन् । योसँगै जसप्रित बुमराह टेस्ट क्रिकेटमा सबैभन्दा छिटो २०० विकेट लिने पहिलो भारतीय फास्ट बलर बनेका छन् ।

अष्ट्रेलियाका लागि मार्नस लाबुस्चेनले दोस्रो इनिङ्समा सर्वाधिक ७० रन बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *