बिमान दुर्घटना अघि कोरियन यात्रुको म्यासेज-हाम्रो बिमानमा चरो अडकिएको छ
साेल।आइतबार बिहान दक्षिण कोरियामा शोकको वातावरण थियो। जहाँ १८१ यात्रु बोकेको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो।
विमान धावनमार्गबाट चिप्लिएर बाउन्ड्री बारमा ठोक्किएपछि आगलागी भएको थियो। यस दुर्घटनामा १७९ जनाको ज्यान गएको थियो भने दुई जना मात्र बाँच्न सफल भएका छन्।
दुर्घटनापछि पीडितका परिवार र साथीहरू विमानस्थलमा भेला भएका थिए। धेरै परिवारहरू आफ्ना प्रियजनहरूको खोजीमा निराश देखिन्थे। यस विमानमा एक व्यक्ति पनि थिए, जसलाई पहिले नै आफ्नो मृत्युको डर भइसकेको थियो। उनले विमान भित्रबाट यस्तो सन्देश पठाए, यो पढेपछि परिवारका सदस्यहरु स्तब्ध भए र उनीहरु दौडेर एयरपोर्ट पुगेका थिए।
एयरपोर्टमा उपस्थित एक परिवारका अनुसार दुर्घटना हुनु केही मिनेट अघि उनीहरूलाई विमानमा सवार व्यक्तिबाट सन्देश प्राप्त भएको थियो, जसमा विमानको पखेटामा चरा अड्किएको लेखिएको थियो।
विमान दुर्घटना हुनुअघि बिहान ९ बजे पठाइएको सन्देशमा उनले लेखेका थिए, ‘चरा पखेटामा अड्किएको छ, हामी अवतरण गर्न सकेका छैनौं।’
कोरिया टाइम्सको एक रिपोर्ट अनुसार जब ती मानिसलाई यो कति समय अघि भएको थियो भनेर सोधियो, उनले करिब एक मिनेट भन्ने जवाफ दिदै लेखेका थिए, ‘अब, मैले इच्छा दरिलो बनाउनुपर्छ र भगवानसँग प्राथना गर्नुबाहेक कुनै उपाय मसँग छैन।’
चरा ठोक्किएर विमानको ल्यान्डिङ गियर फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले आशंका गरेको छ। यो दुर्घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ।
दक्षिण कोरियामा भएको यो दुर्घटनाले परिवारका सदस्य र नागरिकमा गहिरो शोक फैलाएको छ। मृतकका परिवारजनमा समवेदना प्रकट गर्दै यस दुखद घटनाको विस्तृत अनुसन्धान भइरहेको त्यहाँको सरकारले जनाएको छ।
Facebook Comment