हिउँको सौन्दर्य
हिउँ, जसले प्रकृतिलाई सजीव चित्र झैँ बनाउँछ, एक अद्वितीय चमत्कार हो। यसको चिसो अनुभूति र श्वेत रङले आँखा मात्र होइन, हाम्रो मन र मस्तिष्कलाई पनि ताजापन र शीतलता प्रदान गर्छ।
हिउँको सेतो संसारमा डुब्नु भनेको आफ्नो अस्तित्वलाई केही समयका लागि बिर्सेर प्रकृतिको काखमा हराउनुजस्तै हो। यसको सौन्दय{ले हरेक मनुष्यको भावनालाई गहिरो तहसम्म छुन्छ।
जब हिमपात हुन्छ, पृथ्वीको हरियो रङ सेतो रूपमा रूपान्तरित हुन्छ। हिमाली फाँटहरू हिउँको तहले ढाकिँदा, त्यो दृश्यावलोकन स्वप्न जस्तै प्रतीत हुन्छ। एउटा साधारण पहाड पनि हिमपातपछि कला र वास्तुकलाको अद्वितीय नमुना झैँ देखिन्छ।
यो परिवर्तनले पयर्टकहरूको मन लोभ्याउँछ। धेरै मानिसहरू सेतो हिउँमाथि लडीबुडी गर्दै रमाइलो गर्न र हिउँको सौन्दर्यमा रमाउन दूरदराजका हिमाली फाँटहरू पुग्छन्।
हिउँको सौन्दर्य जति लोभलाग्दो हुन्छ, त्यति नै यसले कहिलेकाहीँ विपत्ति पनि निम्त्याउँछ। हिमपातको निरन्तरताले कतिपयलाई उठिबास बनाउँछ। चिसो र कठोर हिउँले जनजीवनलाई कठिन बनाउँछ। तापनि, प्रकृतिको यो उपहारलाई हामीले सन्तुलित दृष्टिकोणले हेर्नु पर्छ।
हिउँ प्रकृतिप्रेमीका लागि एउटा अनुपम उपहार हो। यसले केवल दृश्यात्मक सौन्दर्य प्रदान गर्दैन, मानव हृदयलाई प्रकृतिसँग गहिरो रूपमा जोड्न पनि सहयोग पुर्याउँछ। सेतो हिउँले धर्ती लाई शुद्धताको प्रतीक बनाउँछ। यसले हामीलाई जीवनका क्षणिक सौन्दर्य र प्रकृतिसँगको सम्बन्धलाई सम्झाउँछ।
हिउँ प्रकृतिले दिएको एउटा अनुपम चमत्कार हो। यसले हाम्रो मनलाई आनन्दित मात्र बनाउँदैन, हाम्रो चेतनालाई प्रकृतिप्रतिको सम्मान र प्रेमले भरिदिन्छ। यो चिसोको स्रोत होइन, यो त एक कला हो, एक भावना हो। हिउँको सौन्दर्यले हामीलाई सन्देश दिन्छ-जीवनको शीतलता र कठिनाइमा पनि सौन्दर्य र आनन्द खोज्न सकिन्छ।
जाडोयामको आगमनसँगै आकाशबाट झरिरहने सेता कणहरूले धर्तीलाई कोमल कपासजस्तो आच्छादित बनाउँछ। ठूला पहाडका चुचुराहरू हिउँले टल्किरहँदा तिनले प्रकृतिको मुकुट झैँ देखाउँछन्। यसले दृश्यको सौन्दर्य प्रदान गर्दैन। त्यससँगै शान्ति र शुद्धताको सन्देश पनि सम्प्रेषित गर्छ।
हिउँले ढाकिएका जंगल, पत्थरका पहाड, बुकीपाटन, बाटाघाटा, नदी किनारहरू त्यहाँको प्राकृतिक छटालाई थप अनुपम बनाउँछन्। ठूला हिमालहरूको तल बग्ने सफा खोला र तालहरू, हिउँको छायाँले अझै मनमोहक देखिन्छ। हिउँले ढाकिएका घरका छानाहरू, पखार्ल र बाटाहरू देखेर दंग पर्दै जाडोयामको हिउँको सौन्दर्यमा हर्षोल्लासले एउटा उत्सव बनाउँछन्।
वास्तवमा दृश्यात्मक सौन्दर्यको प्रतीक मात्र होइन हिउँ। यसको चिसो स्पर्शले जीवनमा नवजीवनको अनुभव गराउँछ। हिउँका कणहरूले मानिसका हृदयमा एकप्रकारको सौम्य भाव उत्पन्न गर्छ। यसले मानव जीवनलाई सन्तुलनको पाठ सिकाउँछ-जहाँ कठोर चिसोले मानिसलाई नझुक्ने आत्मबल दिन्छ, त्यहाँ त्यसकै सफेद उज्यालोले स्वच्छता र शान्तिको सन्देश पनि दिन्छ।
तर, हिउँको सौन्दर्य केवल रमणीय दृश्यमा सीमित छैन। यो जीवनका संघर्ष र सन्तुलनको प्रतीक हो। हिउँले ढाकिएका ती हिमालहरूले हामीलाई परिश्रम, धैर्यता र अदम्य साहसको पाठ पढाउँछन्। हिमाल चढ्न जति कठिन छ, त्यति नै मिठासपूर्ण हुन्छ त्यसको शिखरमा पुग्ने अनुभूति।
हिउँको सौन्दर्यलाई हेरिरहँदा हाम्रो मन पनि त्यति नै उज्यालो र शुद्ध हुन खोज्छ। यो प्रकृतिको अनुपम उपहार हो, जसले जीवनलाई प्रशन्नता, ऊर्जा र प्रेरणा प्रदान गर्छ यसले जीवनका हरेक कठिनाईलाई शीतलतामा परिणत गर्न सक्ने सामर्थ्य राख्छ।
हिउँले ढाकेको भूमिमा प्रकृतिको अपूर्व सौन्दर्य झल्किन्छ। यो सौन्दर्य केवल आँखाले देख्न सकिने दृश्य मात्र होइन, यो हृदयले महसुस गर्न सकिने अद्भुत अनुभूति पनि हो। जब सूर्य पहिलो किरणले हिउँका चोखादेखि चम्किला प्वालहरूलाई चुम्छ, तब त्यहाँ प्रकृतिको अप्रतिम चित्र देखिन्छ, जसले कवि, चित्रकार र साहित्यकारको मनलाई आकृष्ट गरिदिन्छ।
हिउँको सौन्दर्यलाई बुझ्नका लागि पहाडहरूको सम्झना हुन्छ। हिउँले ढाकिएका हिमश्रृङ्खलाहरू, पर्वतका चुचुराहरू र ती चुचुराबाट बग्ने सेता खोला-यी सबैले प्राकृतिक अनुपम सौन्दर्यलाई परिभाषित गछर्न्। हिमालको काखमा जन्मिएको हिउँ शान्त र शुद्धताको प्रतीक हो। यसको चिसो स्पर्शले आत्मालाई शान्त पार्छ र मनमा नयाँ ऊर्जा भर्छ।
जब जाडो मौसम आउँछ, संसार हिउँको सेतो खास्टोले ढाकिन्छ। जंगलका रुखहरू, हरियो घाँस र खुला आकाश सबै हिउँले ढाकिएको देख्दा, लाग्छ मानौँ प्रकृतिले आफूलाई पुनः नवजीवन दिएको छ। यो सेतो संसारले शान्ति र सरलताको महत्वलाई व्यक्त गर्छ।
हिउँको सौन्दर्य बाहिरी दृश्यमा मात्र सीमित हुँदैन। यसको प्रभाव मानिसको भित्री जीवनमा पनि पर्छ। हिउँका सुक्खा बगैँचाहरूमा पाइला टेकेर हिँड्दा, जीवनका अस्थायी सुख-दुःखहरूको स्मरण हुन्छ। त्यो क्षणिक सौन्दर्यले मानिसलाई जीवनका अमूल्य पलहरूको महत्व बुझाउँछ।
हिउँको सौन्दर्यको अर्को पाटो यसको सांस्कृतिक र आध्यात्मिक महत्वमा पनि छ। हिमालयलाई संसारले शान्तिको केन्द्र मान्छ। हिउँले त्यसलाई पूजनीय बनाएको हुन्छ। हिउँले भरिएका हाम्रा हिमालहरू हेर्नकै लागि बर्सेनि कैयौ विदेशी पयर्टक आउँछन्। हिन्दू धर्ममा हिउँले ढाकिएको कैलाश पवर्त भगवान शिवको निवास मानिन्छ। यो विश्वासले हिउँको पवित्रतालाई अझ प्रगाढ बनाएको छ।
यद्यपि यो सौन्दर्यका साथ जिम्मेवारी पनि आउँछ। जलवायु परिवतर्नका कारण हिउँ पग्लिँदैछ। यसले हाम्रो वातावरणमा गहिरो प्रभाव पार्दैछ। हिउँको सौन्दर्यलाई दीर्घकालीन रूपमा बचाइ राख्न हामीले बुझ्नुपर्ने भएको छ। प्रकृतिप्रति दायित्वबोध गर्नुपर्ने भइसकेको छ।
Facebook Comment