एमएडब्लु वृद्धिले चांगानको प्रतिष्ठित ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’ बाट सम्मानित

डिसी नेपाल
१५ पुष २०८१ १२:१८

काठमाडौं। नेपालका लागि चांगान तथा दिपलका फ्यचरिस्टिक इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धिअटोकर्प प्रा. लि.चांगानको प्रतिष्ठित सांग्रिला न्यु इनर्जी
नीति अवार्डबाट सम्मानित भएको छ।

विद्युतीय सवारीसाधनको विस्तारमा अद्वितीय योगदान पुर्‍याउनुका साथै नेपाली अटोमोबाइल बजारमा महत्वपूर्ण भूमिका निभाएको भन्दै दोस्रो ठूलो चिनियाँ अटोमोबाइल समूह चांगानले  एमएडब्लु वृद्धिले यो अवार्डले सम्मानित गरेको हो।

एमएडब्लु वृद्धिकाअध्यक्ष विष्णु कुमार अग्रवाललाई चांगानको हेडक्वार्टर चीनको चोङकिङ प्रान्तमा जारी ‘चांगान ग्लोबल पार्टनर्स कन्फिरेन्स’ मा यो अवार्ड  हस्तान्तरण गरिएको हो।

हरित र स्मार्ट भविष्यको विकास गर्दै दीर्घकालीन गतिशिलतामा एमएडब्लु वृद्धिको प्रतिबद्धता र नेपालमा इभीको  सफल प्रबद्र्धनलाई मध्यनजर गरी यो अवार्ड दिइएको चांगान ग्लोबलले जनाएको छ।

‘यो सम्मानले हाम्रा ग्राहक र साझेदारको विश्वास र साथलाई  प्रतिनिधित्व गर्छ,’ अवार्ड ग्रहण गरेपछि एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, ‘हामी सफल र सुध्रित भविष्यका लागि  नेपालमा अत्याधुनिक विद्युतीय सवारीसाधन र दीर्घकालीन समाधान ल्याउन प्रतिबद्ध रहनेछौं।’

दीर्घकालीन भविष्यको नेतृत्वगर्ने चांगानको विश्वव्यापी नीतिलाई अवलम्बन गर्दै एमएडब्लु  वृद्धिले फ्युचरिस्टिक र ग्राहकमैत्री उत्पादनहरुमार्फत नेपालको
इभी क्रान्तिलाई अघि बढाइरहेको छ।

चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो, जसको एक सय ६२ वर्ष  लामो विरासत छ । ८ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल इभी अहिले सम्ममा ७ सय भन्दा बढी विक्री भइसकेका छन्।  विशेषत यसको डिजाइन र टेक्नोलोजीका कारण  यो ग्राहकको रोजाइमा परेको हो।

दिपलमा वेलकमसिट,  सनफ्लावर  टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअपडिस्प्ले,  जेस्चर कन्ट्रोल, हेडरेड र आउटडोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो इभी नेपाली बजारमा छोटो समयमै लोकप्रियबन्न सफल भएको  हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *