सिरियामा नयाँ संविधान बनाएर चुनाब गरिने
काठमाडौं । सिरियामा बसर अल-असदलाई सत्ताबाट हटाएपछि देशको भविष्यको बारेमा अनुमानहरू बीच हयात तहरीर अल-शाम (एचटीएस) प्रमुख अहमद अल-शाराले नयाँ संविधान बनाउने र चुनाव गराउने कुरा गरेका छन्।
अल-शरालाई अबु मोहम्मद अल-जुलानी पनि भनिन्छ। “सिरियाली जनतालाई कुनै ठूलो परिवर्तन देख्न एक वर्ष लाग्न सक्छ,” उनले अल-अरेबिया टिभीलाई भने।
उनले भने, ‘देशमा नयाँ संविधान बनाउन तीन वर्ष र निर्वाचन गर्न चार वर्ष लाग्न सक्छ ।’
अहमद अल-शाराले हालै बीबीसीलाई आफ्नो देश ‘युद्धबाट थाकेको’ बताएका थिए । उनले भने ‘सिरिया अब कुनै पनि छिमेकी वा पश्चिमी देशहरूको लागि खतरा होइन।’
अल-शरा यसअघि इस्लामिक चरमपन्थी संगठन अल-कायदा र इस्लामिक स्टेट (आईएस) सँग सम्बन्धित थिए र अमेरिकाले उनीमाथि १० मिलियन अमेरिकी डलरको इनाम समेत राखेको थियो, यद्यपि यो पुरस्कार हालै फिर्ता लिइएको छ।
Facebook Comment