इटालियन महिला पत्रकार इरानमा पक्राउ

काठमाडौं । इटालियन पत्रकार सेसिलिया सालालाई इरानमा पक्राउ गरिएको छ । इटालीका विदेशमन्त्रीले सिसिलिया सालालाई आठ दिनअघि इरानको राजधानी तेहरानमा हिरासतमा लिइएको बताए ।
इटालियन पत्रिका इल फोग्लियोका अनुसार सेसिलिया सालालाई इभिन जेलमा राखिएको छ । उनीमाथि लागेको आरोपको कतै पनि उल्लेख छैन ।
यसै महिनाको सुरुमा पत्रकार भिसा पाएर इरान पुगेकी सेसिलिया सालाले ‘कन्भरसेशन अबाउट पितृसत्ता’ शीर्षकको पोडकास्ट एपिसोड अपलोड गरेकी थिइन्।
रिपोर्टका अनुसार इटालियन कूटनीतिज्ञहरूले उनलाई जेलमा भेटेका छन् र उनको रिहाइ सुनिश्चित गर्न प्रयास गरिरहेका छन्।
प्रतिक्रिया
Facebook Comment