कहाँ पुग्यो वामदेवलाई एकीकृत समाजवादीमा ल्याउने प्रयास ?
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमका बीचमा पार्टी एकताको विषयमा ‘वान टु वान’ छलफल भएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार नेपाल र गौतमका बीचमा भेटवार्ता भएको हो । पार्टी एकताका ’boutमा यसअघि नेपाल गौतम निवास भैंसेपाटीमा पुगेका थिए । एकीकृत समाजवादी र अभियानका बीचमा शीर्ष तहका नेता तथा वार्ता टोलीका बीचमा निरन्तर छलफल जारी रहेको छ ।
छलफलपश्चात नेता गौतमले अहिले नै एकताका सबै विषय टुंगो लागि नसकेको र छलफल जारी रहेको बताए । ‘टुंगो लागेको छैन, छलफल जारी छ, एकता कहिले हुने भन्ने’boutमा हामी अहिले नै टुंगोमा पुग्न सकेका छैनौं तर छलफल सकारात्मक छ, हामी फेरि पनि छलफल गर्दै टुंगो लगाउँनेछौं,’ गौतमले भने ।
गौतमका अनुसार पार्टीको विचार, सिद्धान्त, सांगठनिकलगायतका विषयमा छलफल भइरहेको छ । संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका ’boutमा नेपालले स्पष्ट जवाफ नदिएको उनले जनाएका छन् । अरू विषयमा धेरै कुरा मिलेको बताउँदै उनले मिल्न बाँकी रहेका विषयलाई छिट्टै टुंगो लगाउने बताए ।
एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले दुई नेताका बीचमा पार्टी एकताका ’boutमा छलफल भएको बताए। ‘छलफल सकारात्मक भएको छ, पार्टी एकतालाई निष्कर्षमा पु¥याउनका लागि शीर्ष नेताका साथै वार्ता समितिका बीचमा निरन्तर छलफल जारी छ, वैचारिक, सैद्धान्तिक, सांगठनिकलगायतका विषयमा गम्भीर छलफल चलिरहेको छ, छिट्टै नै टुंगो लगाउँदै एकता हुन्छ,’ भट्टराईले भने।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीच एकीकरण भएर गठन भएको तत्कालीन नेकपा विभाजन भएपछि गौतम कुनै दलमा नलागी स्वतन्त्र बसेका थिए । पछि उनले अभियान गठन गरी पुनः नेकपा ब्युँत्याउन खोजेका थिए । तर, त्यो प्रयास असफल भएपछि उनले एमाले प्रवेश गर्ने चाहना व्यक्त गरे ।
तर, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई एमाले भित्र्याउन चाहेनन् । एमालेमा प्रवेश नपाएपछि गौतमले पछिल्लो समय एकीकृत समाजवादीसँग एकता गर्न खोजेका छन् । स्रोतका अनुसार एकीकृत समाजवादीले समेत गौतमलाई भित्र्याउन आनाकानी गरिरहेको छ । तर, शीर्ष नेताहरूले गौतमलाई एकीकृत समाजवादीमा तेस्रो मर्यादाक्रम दिएर ल्याउन खोजिएको बताए ।
पूर्वउपप्रधान, गृह एवं रक्षामन्त्रीसमेत भइसकेका गौतमले पटकपटक प्रधानमन्त्री बन्ने चाहना राख्दै आएका छन् । अहिले राष्ट्रिय सभाका सदस्य रहेका गौतमले सार्वजनिक रूपमै संविधान संशोधन गरी राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्नुपर्ने भन्दै आएका थिए । नेपालले गौतमसँग छलफल गरेपछि गौतम नेतृत्वको अभियानले पार्टी एकताका लागि वार्ता समिति गठन ग¥यो ।
गौतमले अभियानका महासचिव डीबी कार्कीको नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहनेगरी वार्ता समिति गठन गरे । यता, एकीकृत समाजवादीले उपाध्यक्ष प्रमेश हमाल र स्थायी कमिटी सदस्य बलराम बाँस्कोटालाई वार्ताको जिम्मेवारी दियो ।
देश दौडाहा गर्दै ओलीको भण्डाफोर अभियान गर्दै रावल
यता, एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले देश दौडाहा गर्दै केपी शर्मा ओलीको भण्डाफोर अभियान सञ्चालन गर्ने भएका छन् । त्यस’boutमा जानकारी दिने उद्देश्यले उनले भोलि (बुधबार) पत्रकार सम्मेलन गर्दै छन् । एमालेका पूर्वउपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री भइसकेका रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यसमेत
नरहनेगरी कारबाही गरेको थियो । त्यसपछि नयाँ पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । सोमबार बिहान उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशसभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए । मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापतिसमेत हुन् । उनीहरूबीच रावलको टोखास्थित निवासमा भेटवार्ता भएको हो ।
भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर बलियो शक्ति निर्माण गर्न‘पर्ने प्रस्ताव राखेका बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध बिग्रिएपछि मल्ल कांग्रेस बीपीतिर लागेका हुन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले देउवाविरुद्ध प्रतिस्पर्धा गरेका थिए । जोशी भने एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् । २०७९ सालको निर्वाचनमा डडेल्धुराको प्रदेशसभामा टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित भएका हुन् ।
कतिपयले एमालेले कारबाही गरेपछि रावल छिट्टै नै माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चा गरेका थिए । तर, रावलले एकीकृत समाजवादीमा प्रवेश नगर्ने बताएका छन् । हालै एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले रावललाई एकीकृत समाजवादीमा प्रवेश गर्न सुझाव दिएका थिए । ओलीको कार्यशैलीको कडा रूपमा विरोध गर्दै आएका रावलको सुदूरपश्चिम प्रदेशमा प्रभाव रहेको बताइन्छ ।
Facebook Comment