मधेस केन्द्रित नेताहरू आज एकै ठाउँमा उभिदैँ
काठमाडौं । तराई–मधेश क्षेत्रबाट राष्ट्रिय राजनीतिमा उदाएका नेताहरूबीच एकताका लागि आज बिचार मन्थन हुँदैछ ।
मधेशी एकता समाजले आज ‘मधेशी शक्तियौंमें सहकार्यः आवश्यकता, चुनौती और अवसर’ विषयक विचार मन्थन कार्यक्रम गरेर बिभिन्न पार्टीमा रहेका मधेस केन्द्रित नेताहरूलाइ एकै ठाउँमा भेला गर्दैछन् ।
मंगलबार दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रममा नेताहरू बिभिन्न पार्टीका नेताहरूले धारणा राख्दैछन् । जसअनुसार सो संबाद कार्यक्रममा राजेन्द्र महतो, हृदयेश त्रिपाठी, राजकिशोर यादव, अनिलकुमार झा, सीके राउत, प्रभु साह, मोहम्मद इस्तियाक राई, हरिनन्दन कुमार रंजन, अमरेश कुमार सिंह, तुलानारायण साह, दिपेन्द्र चौबेले धारणा राख्नेछन् । सो कार्यक्रम अनामनगरस्थित तमू बौद्ध सेवा समितिको सेमिनार हलमा हुने आयोजकले जनाएको छ ।
Facebook Comment