दक्षिण कोरिया विमान दुर्घटना : रनवेनजिकै ‘असामान्य’ पर्खाल किन थियो ?

डिसी नेपाल
१६ पुष २०८१ १२:५६

काठमाडौं । उड्डयन विशेषज्ञहरूले धावनमार्ग नजिकै निर्माण गरिएको ‘असामान्य’ कंक्रीट पर्खाल र दक्षिण कोरियाको विमान दुर्घटनामा यसको भूमिकाबारे प्रश्न उठाएका छन्। आइतबार भएको उक्त दुर्घटनामा १७९ जनाको मृत्यु भएको थियो ।

विमान दुर्घटनाको फुटेजमा जेजु एयरको विमानले मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरण गरेपछि पर्खालमा ठोक्किएको र तुरुन्तै आगो लागेको देखाइएको छ।

दक्षिण कोरियाको सबैभन्दा खराब विमान दुर्घटनाको कारणको अनुसन्धान गरिरहेका अधिकारीहरूले रनवेको अन्त्यबाट करिब २५० मिटर टाढा कंक्रीटको पर्खालको साइट हेरिरहेका छन्।

वायु सुरक्षा विशेषज्ञ डेभिड लेर्माउन्टले भनेअनुसार यदि पर्खाल त्यहाँ नभएको भए, विमान “रोकिएको” हुने थियो र धेरैजसो वा सम्भवतः सबै यात्रुहरू जीवितै जोगिने थिए।

पाइलटले भनेअनुसार विमान चरासँग ठोक्किएको थियो। चराले ठक्कर दिएपछि पाइलटले अवतरण दिशा परिवर्तन गरे र विपरीत दिशाबाट अवतरण गर्न अनुमति मागे।

विमान केही दूरीमा २,८०० मिटरको रनवेमा ओर्लियो र यसको पाङ्ग्रा वा अन्य कुनै पनि ल्यान्डिङ गियर प्रयोग नगरी अवतरण भएको देखिन्छ।

उड्डयन विशेषज्ञ लियरमाउन्टले भने, “रनवेमा विमानको अवतरण ‘फ्ल्यापलेस/गियरलेस ल्यान्डिङ’ को समयमा हासिल गर्न सकिने जति राम्रो थियो। यसको मतलब पखेटाहरू समतल थिए। विमानको अगाडिको भाग त्यति अग्लो भएको थिएन जसका कारण यसको पछाडिको भाग छियाछिया होओस्।”

धावनमार्गमा चिप्लिए पनि विमानमा खासै क्षति नभएको उनको भनाइ छ ।

उनले भने, “यति धेरै मानिसको मृत्युको कारण अवतरण थिएन। उनीहरुको मृत्युको कारण धावनमार्गको छेउमा रहेको कंक्रीटको पर्खाल थियो।”

“सामान्यतया रनवे पछि एयरपोर्टको अन्त्यमा पर्खाल हुँदैन,” जर्मनीको म्युनिखमा रहेको लुफ्थान्सा एयरलाइन्सका पाइलट क्रिस्टियन बेकर्टले रोयटर्स समाचार एजेन्सीसँग कंक्रीटको पर्खाललाई “असामान्य” भने।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार उक्त कंक्रीटको पर्खालमा नेभिगेसन प्रणाली जडान गरिएको थियो जसले विमानलाई अवतरण गर्न मद्दत गर्छ।

दक्षिण कोरियाको यातायात मन्त्रालयले देशका अन्य विमानस्थल र केही विदेशी विमानस्थलमा पक्की संरचनासहित उपकरण जडान गरिएको जनाएको छ ।

यद्यपि, अधिकारीहरूले त्यस्ता पक्की पर्खालहरू सजिलै भत्किन सक्ने बनाउनका लागि अलि कमजोर बनाउन सकिन्थ्यो कि भनेर अनुसन्धान गर्नेछन्।

४८ वर्षको अनुभव भएका पाइलट क्रिस किंग्सवुडले ठ्याक्कै त्यही विमान उडाएका थिए जुन दुर्घटनामा परेको थियो।

“रनवेको निश्चित दायरा र दूरी भित्रका अवरोधहरू ‘कमजोर’ हुनु आवश्यक छ, यसको मतलब यदि विमानले तिनीहरूलाई ठक्कर दियो भने तिनीहरू भत्किनु पर्छ,” किंग्सवुडले बीबीसीलाई भने।

आफ्नो कुराको व्याख्या गर्दै किंग्सउड भन्छन्, ‘जहाँसम्म मैले बुझेको छु, विमान धावनमार्गमा निकै तीव्र गतिमा गुडिरहेको थियो र यो धावनमार्गको सुरुभन्दा धेरै अगाडि अवतरण भएको थियो । यही कारण विमान रनवेभन्दा पनि अगाडि पुग्यो र पर्खालमा ठोक्कियो । यो कुराको छानबिन हुनुपर्छ ।’

“विमानहरू बलियो हुँदैनन्। तिनीहरू जानाजानी सकेसम्म हल्का बनाइएका हुन्छन्। विमानहरू तीव्र गतिमा तिनीहरूको पेटको भरमा रनवेमा अवतरण गर्न डिजाइन गरिएको होइन।”

“विमानको पखेटामा इन्धन जम्मा हुन्छ। त्यसैले पखेटा फुट्दा आगो लाग्ने सम्भावना धेरै हुन्छ। त्यसैले पर्खाल नभइदिएको भए नतिजा फरक हुन्थ्यो भन्ने निश्चित छैन।”

उनले भने, “विश्वका धेरै ठूला अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्यौं भने त्यहाँ धेरै खतरा पैदा गर्न सक्ने अवरोधहरू भेटिन्छन् कि भन्ने डर छ ।”

उड्डयन विश्लेषक सेली गेथिनले पाइलटलाई रनवेको छेउमा कंक्रीटको पर्खाल छ भन्ने थाहा थियो? भन्ने प्रश्न उठाएका छन् ।

“हामीले पाइलटहरूलाई रनवेको अन्त्यमा पर्खाल छ भन्ने थाहा थियो कि थिएन भनेर थाहा पाउनु आवश्यक छ,” उनले बीबीसी न्यूजलाई भने “मलाई लाग्छ त्यहाँ धेरै प्रश्नहरू छन्।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *