नयाँ पर्यटन नीति छिट्टै आउँछ : मन्‍त्री पाण्डे

डिसी नेपाल
१६ पुष २०८१ १३:१६

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ३५ लाई पर्यटन दशकको रूपमा मनाउने तयारी भइरहेको बताएका छन्। नेपाल पर्यटन बोर्डको वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले सरकारले सन् २०२५ देखि ०३५ लाई पर्यटक दशकको रूपमा मनाउने भन्दै त्यसको तयारी भइरहेको बताए।

यसअघि नेपाल सरकारले सन् २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको भए पनि कार्यविधि अभावका कारण पूरा हुन नसकेको उनले बताए।

मन्त्री पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको जानकारी दिए। पर्यटन विकासको लागि पर्यटनमैत्री नीति आवश्यक रहेको कुरालाई मध्यनजर गर्दै सरकारको नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने बताए।

मन्त्री पाण्डले धेरै कामको सुरुवात गर्ने तर, सम्पन्न नगर्ने प्रवृति पर्यटन क्षेत्रमा पनि देखिएको जिकिर गरे। धार्मिक पूर्वाधार निर्माणका लागि धेरै व्यक्तिहरू सहयोगका लागि मन्त्रालय आउने गरेको भन्दै उनले यसका लागि तीनै तहलाई समावेश गर्ने गरि मोडालिटीको खाँचो रहेको धारणा राखिन्।

मन्त्री पाण्डेले पर्यटकलाई सहजरुपमा नेपाल भ्रमण गर्न सक्नेगरी सबैले व्यहारमा नै वातावरण बनाउनुपर्ने भन्दै पर्यटन बोर्डले आतिथ्य दूतको भूमिका निर्वाह गर्न सक्नुपर्नेमा जोड दिए। उनले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणालाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय प्रर्वद्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन,डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *