हवाई सुरक्षामा व्यापक छानबिन गर्न दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिको आदेश

डिसी नेपाल
१६ पुष २०८१ १३:३६

काठमाडौं । दक्षिण कोरियाको सबैभन्दा खराब विमान दुर्घटना पछि कार्यवाहक राष्ट्रपति चोई साङ-मोकले देशका सबै एयरलाइन्स सञ्चालनको आपतकालीन सुरक्षा निरीक्षणको आदेश दिएका छन्।

यसैबीच नागरिक उड्डयन उपमन्त्री जु जोङ–वानले देशका छवटा वायुसेवा कम्पनीले सञ्चालन गरेका यस मोडलका १०१ वटा जहाजको राम्रोसँग निरीक्षण गरिने बताएका छन् ।

आइतबार दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरण गर्नेबित्तिकै आगलागी हुँदा दुईजनाबाहेक सबै १७९ जनाको मृत्यु भएको थियो।

कार्यवाहक राष्ट्रपति चोई साङ-मोकले दुर्घटनाको कारण तुरुन्तै खुलाउन अनुसन्धानकर्ताहरूलाई आग्रह गरेका छन्।

अज्ञात ल्यान्डिङ गियर समस्याको कारण जेजु एयरको अर्को उडान सोमबार टेक अफ भएको केही समयपछि सियोल फर्किएपछि उनको आदेश आएको हो।

दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार जेजु एयरको विमान सोमबार स्थानीय समय अनुसार बिहान ६:३५ बजे जिम्पो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो र ल्यान्डिङ गियरमा समस्या भएको थाहा पाएपछि एक घण्टाभन्दा कम समयपछि फर्किएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *