कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त : शशांक कोराइला

डिसी नेपाल
१६ पुष २०८१ १५:०३

चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा या आम निर्वाचनपछि गर्नु उपयुक्त हुने बताएका छन्।

मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले आम निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताए ।

उनले भने, ‘विसं २०८४ मा आम निर्वाचन हुनेछ। त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो। होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ।’

निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने भन्दै उनले आम निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्ने बताए ।

उनले भने, ‘कोइराला परिवार एक होइन विचार एक हुनु पर्‍यो। विचार एक भए हुन्छ।’

महाधिवेशनका लागि आफ्नो स्पष्ट खाका रहेको बताउँदै उनले पार्टीलाई एक ढिक्का बनाउने, पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्नुपर्ने, भ्रातृ संस्थाहरुलाई दुरुस्त राख्ने र कसैलाई काखापाखा नगर्ने नेतृत्व आवश्यक रहेको बताए ।

बिपीको मर्म अनुरुप एकता र मेलमिलापका आधारमा संविधान संशोधन हुनुपर्छ : नैनसिंह महर

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधनको अगाडि बढ्नुपर्ने बताएका छन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भइ राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको स्मरण गर्दै महरले उक्त कुरा बताएका हुन्।

‘वि.सं. २०३३ पुस १६ गते बिपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको थियो। त्यतिबेला राष्ट्रको स्वाधिनता र यसको अस्तित्व रक्षाको समय थियो। अहिले समय फेरियो। हामी गणतान्त्रीक मुलुकमा गयौं। बिपीले त्यो बेला नेपाललाई समुन्नत बनाउने कुरा भन्नु भएको थियो, त्यो काम संविधान निर्माण भइसकेपछि पनि अहिलेसम्म पूरा भएन। अहिले संविधान संशोधनको बहस भएको बेला त्यो राष्ट्रिय एकता र मेलमिलापको आधारमा मात्र सम्भव छ,’ कांग्रेस इलामले आयोजना गरेको १०० दिने विशेष अभियान समारोहलाई सम्बोधन गर्दै शिक्षा विभाग प्रमुखसमेत रहेका नेता महरले भने।

बिपी देशको स्भाविमान जोगाउन राष्ट्रिय एकतासहित स्वदेश फर्किएको उनको भनाइ छ। बिपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएको महरले स्मरण गरे।

आज संविधान संशोधनलगायत राष्ट्रका ज्वाजल्यमान समस्या समाधान गर्न अझ कसिलो राष्ट्रिय एकता र मेलमिलाप आवश्यक रहेको उनले औंल्याए। ‘बिपीले परिकल्पना गरेको लोकतान्त्रिक प्रणालीका माध्यमले विकसित नेपालको चाहना आजसम्म पनि पूरा हुन सकेको छैन। यसको पहिलो खुड्किला भनेको कांग्रेसलगायत दलभित्र मेलमिलाप र एकताको आधार खडा हुन आवश्यक छ। त्यसपछि राष्ट्र निर्माणको मुद्दा र जनताको मुद्दामा एक हुनुपर्छ,’ महरले भने।

कांग्रेस स्वयंले १०० दिन विशेष अभियान समापन गर्दै गर्दा राष्ट्र निर्माण, जनताका र पार्टी निर्माणका लागि कसैको फरक मत रहँदैन भन्ने प्रत्येक व्यक्तिले कसम खानुपर्ने उनले बताए।

यसका साथै उनले एक वर्षपछि हुने कांग्रेसको १५औं महाधिवेशन पार्टीभित्रको मेलमिलाप र एकताको आधारमा सम्पन्न गरिनुपर्ने उनको भनाइ छ। ‘एकता भावले महाधिवेशन गरेर देशका लागि र कांग्रेसका लागि बाँकि रहेका कार्यभार कुसलतापूर्वक सम्पन्न गर्नुपर्छ। सशक्त पार्टी निर्माण गरेर मात्र त्यो सम्भव छ। त्यसतर्फ हामी केन्द्रित हुनुपर्छ,’ उनले भने।

समयमै १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने र त्यसका लागि टोल स्तरदेखिकै नेता कार्यकर्ताको प्रतिवद्धता तथा सक्रियता आवश्यक रहेको महरले बताए। विभान अनुसारको जिम्मेवारी सबैलाँई निर्वाह गर्नसमेत उनले आग्रह गरेका छन्। यसमा बढी जिम्मेवार केन्द्रका पदाधिकारी हुने र उनीहरूको ढिलासुस्ति प्रवृत्तिले समयमै महाधिवशेन हुनेमा संका पैदा भइरहेको उनले बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *