जिन्स लगाएका कारण प्रतियोगिताबाट निकालिएका चेस च्याम्पियन फेरि खेल्न सहमत
काठमाडौं । विश्व नम्बर एक चेस खेलाडी म्याग्नस कार्लसनले ड्रेस कोड खुकुलो गरेपछि प्रमुख चेस प्रतियोगितामा फर्कन राजी भएका छन् ।
सञ्चालक समितिले जिन्स लगाएर प्रतियोगितामा सहभागी हुन नसक्ने बताएपछि उनले शुक्रबार न्यूयोर्कमा आयोजना हुने वर्ल्ड र्यापिड एण्ड ब्लिट्ज चेस च्याम्पियनसिपबाट अचानक नाम फिर्ता लिएका थिए ।
उनी आफ्नो उपाधि रक्षाका लागि यस प्रतियोगितामा प्रवेश गरेका थिए । अन्तराष्ट्रिय चेस फेडेरेसनले पछि यो ड्रेस कोड खुकुलो बनाउन इच्छुक रहेको बताएको थियो।
३४ वर्षीय कार्लसनले त्यसपछि आफुले सोमबार प्रतियोगितामा भाग लिने र त्यो समयमा जीन्स लगाएर बस्ने बताएका छन् ।
पाँच पटकका चेस च्याम्पियन कार्लसनलाई गत हप्ता प्रतियोगिताको ड्रेस कोड उल्लङ्घन गरेकोमा २०० डलर जरिवाना गरिएको थियो।
कार्लसनले दिउँसोको लञ्च बैठकको लागि जीन्स लगाएको र ट्राउजर लगाउने कुरातिर आफ्नो ध्यान नगएको बताएका थिए ।
तर, ड्रेस कोडबारे जानकारी दिनुअघि उनले केही राउण्ड खेलेका थिए ।
Facebook Comment