रविसहित सात जनाविरुद्ध थुनछेक बहस सुरु

डिसी नेपाल
१६ पुष २०८१ १५:२०

पोखरा । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा निलम्बिल सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सात जनाको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको छ।

मंगलबार रविसहित सात जनाकै बहस सकिएपछि आजैबाट थुनछेक बहस सुरु हुने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।

रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान सकिएको हो।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *