एन्जेलिना जोली र ब्राड पिटले आठ वर्षपछि डिभोर्सको सम्झौतालाई अन्तिम रूप दिए
काठमाडौं । हलिउड स्टार एन्जेलिना जोली र ब्राड पिटले आठ वर्षको संघर्षपछि सम्बन्धविच्छेद गरेका छन् । एन्जेलिनाका वकिलले मिडियालाई यो जानकारी दिएका हुन् ।
समाचार एजेन्सी एपीको रिपोर्टका अनुसार जब ब्राड पिटका वकिललाई सम्बन्धविच्छेदको बारेमा सम्पर्क गरियो, उनले टिप्पणी गर्न अस्वीकार गरे।
दुवैले सन् २०१४ मा विवाह गरेका थिए । उनीहरूका छ जना छोराछोरी छन् ।
एन्जेलिना जोलीले सन् २०१६ मा सम्बन्धविच्छेदका लागि निवेदन दिएकी थिइन् । त्यतिबेला उनले यसो हुनुको पछाडि ‘विवादात्मक मतभिन्नता’ रहेको बताइन् ।
त्यसपछि बालबालिकाको संरक्षकत्वलाई लिएर दुवैबीच झगडा भएको थियो । सन् २०२१ मा एक न्यायाधीशले दुवैलाई बालबालिकाको संयुक्त संरक्षकत्वमा हस्तान्तरण गरेका थिए ।
यी दुवै जोडीलाई फ्यानमा ‘ब्रान्जेलिना’ भनेर चिनिन्थ्यो । उनीहरु दुवैको भेट सन् २००५ मा आएको फिल्म ‘मिस्टर एण्ड मिसेस स्मिथ’ को सेटमा भएको थियो ।
Facebook Comment