वर्तमान विश्व राजनीति र भविष्यको रणनीति
विश्व राजनीतिको विगत हेर्ने हो भने दोस्रो विश्व युद्धपछि पनि विश्वका विभिन्न मुलुकमा अनेकौं, युद्धमा लाखौं मानिसको मृत्यु भएको छ भने अनगिन्ती भौतिक संरचना ध्वस्त भएका छन्।
युद्धको प्रभावका कारण लाखौं मानिस घरबार विहीन भएका छन् भने लाखौंको संख्यामा मानिसहरु देश छोडेर अन्यत्र शरण लिन बाध्य भएका छन्। जुन आज पर्यन्त जारी छ।
युद्धको राजनीतिले संसारमा आज पनि कोलाहल मच्चिइरहेको छ।बम बारुद ठाउँ ठाउँमा पड्किइरहेका छन्। र संसार सर्वनाशको बाटोमा गइरहेको प्रतीत हुन्छ।
अमेरिकाको इरानमाथिको आक्रमण र सद्दाम हुसेनको फाँसी, इरानका राजा रेजा पहल्बीको सत्ताच्युत।
अफगानिस्तानमा बाब्राक कर्मालको सत्ताच्युत र त्यहाँ निरन्तर तालिबानको आक्रमण र तख्ता पलट, पाकिस्तानमा एकपछि अर्को राष्ट्रपतिको श्रृंखलाबद्ध हत्या, भारतमा खालिस्तानको स्थापनाको प्रयास, बदलामा इन्दिरा गान्धीको स्वर्ण मन्दिर माथिको र्निसंस आक्रमण फलस्वरुप इन्दिरा गान्धीकै राजनीतिक प्रतिशोधको कारण आफ्नै सुरक्षाकर्मीद्वारा होली हानि हत्या।
पाकिस्तानमा निरन्तर सत्ता परिवर्तन, बंगलादेशमा सेख हसिनाको तख्तापलट, मान्मारका प्रजातन्त्रको लागि आङसाङ सुकीको नेतृत्वमा सैनिक शासन हटाउन राजनैतिक दबाव, भुटानमा राजनैतिक कारणले सारा नेपाली मुलका नेपालीलाई देशनै छोड्न लगाउने र यसैगरी नेपालमा राजतन्त्र फाल्न हजारौं नेपालीको हत्या गरी लोकतन्त्र गणतन्त्र र धर्म निरपेक्ष व्यबस्थाको स्थापना ।
त्यसपछि निरन्तरसत्ता प्राप्तिको लागि चलिरहेको राजनैतिक खिचातानी र छिन छिनमा परिवर्तन भइरहने राजनीतिक परितर्वन, रसिया-युक्रेन युद्ध, मध्यपूर्वमा देखिएको अशान्ति र प्रतिशोधको राजनीतिले विश्व राजनीतिमा तिक्तक्ता पैदा गरेको छ।
योसँगै भर्खरै अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प भारी मतले बिजयी भएपछि अमेरिकामा रहेका करिव एक करोड अवैध आप्रवासीलाई देश निकाला गर्ने घोषणाले विश्व राजनीतिमा तरंग पैदा भएको छ।
यसरी विश्वमा आइरहेको राजनीति अन्योलताले सारा ठूला राष्ट्रलगायत असंख्य साना राष्ट्र आक्रान्त बनिरहेका छन् र भोलिको उज्वल भविष्यको पर्खाइमा छन्।
विश्व राजनीतिको कोलाहललाई सुधार्न यो २०२४ अब ‘बलुटे होइन, बेटल’ भन्ने नारा दिइएको छ। हुन पनि बुलेट भन्दा बेटल नै प्रभावकारी देखिन्छ।
त्यो पनि आर्थिक रुपले हेर्दा खर्चालु नै देखिन्छ। किन भने आवधिक निर्वाचनमा ठूलो धनराशी खर्च हुने गरेको छ। अझ अल्पविकसित मुलुकमा त झन् बेला बेलामा मध्यावधि निर्वाचन हुने गरेका छन्, जसका कराण विकास निर्माणमा खर्च हुने ठूलो रकम निर्वाचन गराउन खर्च हुने गरेको छ।
एकतिर ठूलो रकम युद्धका कारण गोला बादुरमा खर्च भइरहेको छ भने अर्कोतर्फ निर्वाचनमा फजुल खर्च गरी आर्थिक अपचलन गर्नेको संख्या बढ्न थालेको छ।
जबसम्म विश्वका जनताले सुरक्षाको प्रत्याभूति पाउन सक्दैनन्, तबसम्म लोकतन्त्र र प्रजातन्त्रमा नाममा हुने चुनाव वा युद्धको कुनै अर्थ रहँदैन।
आज संसारमा जताजतै युद्ध, लडाईं, झगडा, वैमनष्यता, सिमाना विवाद, जातीय विवाद, राजनैतिक विवादले जतिबेला पनि युद्ध हुने संकेत देखिन्छ।
आफूलाई विकसित र सभ्य ठान्ने मुलुकहरुले गरिव राष्ट्रमाथि किन युद्ध थोपरी रहेका छन्? आज गाजामा किन हजारौं मानिस मरिरहेका छन्?
किन युक्रेनमा बम बारुद र क्षेप्यास्त्र खसिरहेका छन्? सुडान, नाइजेरिया र अफ्रिकी मुलुकहरुमा किन विद्रोह भइरहेको छ? आजको बम बारुदले भोलिको विश्वलाई कस्तो प्रभाव पार्ला? आजको खर्चिलो र बिलासी जीवनले भोलिको आर्थिक अवस्था कस्तो होला? यो विषयमा विश्व राजनीतिले कहिल्यै मनन गरेको देखिएन।
विश्व राजनीतिमा आगो बाल्ने काम विशेष गरेर अमेरिका र पश्चिमा मुलुकहरुले गरिरहेका छन्। चीन, भारत, रुस र बाँकी अन्य मुलुकहरु त्यति आक्रामक देखिँदैनन्।
चीनको हालैको राजनीति रणनीति र आर्थिक रणनीति भनेको संसारभर आफ्नो विकासलाई पुर्याउने र सबैसँग मिलेर ब्यापार ब्यबसाय र सूचना प्रविधि बृद्धि गर्नु नै हो।
यही राजनीतिको रणनीतिमा चीनले बिशाल संजाल फैलाउने ध्येयले ‘बिआरआई’ योजना विश्व समक्ष ल्याएको छ, जसले सबैको बिकास होस् र कुनै हत्त्या हिंसा बिनाको राजनीति रहोस् भन्ने छ। यस्तै प्रतिश्पर्धाले नै आफू अमेरिका र युरोपेली मुलुकहरु भन्दा आर्थिक उन्नतिमा माथि उठ्ने हो।
तर अमेरिका र अरु पश्चिमा देशहरु भने लडाईं झगडा गर्नमा र हातहतियार निर्माण गरी बेच्ने कुरामा नै तल्लिन छन्। तसर्थ राजनीति सफल र सशल हुन सबैभन्दा पहिले सकारात्मक सोच र बिचारको स्थापना हुनुपर्दछ जसले गर्दा कुनै हत्त्या हिंसा नहोस् र प्रतिशोध साँधेर व्यक्ति र समाजलाई दुःख दिने काम नहोस्।
आज संसारको राजनीतिलाई सुधार्दै लैजाने हो भने रुस र युक्रेनको युद्ध अन्त्य होस् र इजराइल र पलेस्टाइन तथा हमाशको युद्ध तुरुन्त बन्द गर्ने काममा विश्वको राजनीतिको ठेक्का लिइ बसेको संयुक्त राष्ट्र संघले कदम चालोस्।
विश्वको राजनीतिमा खास गरि सदियौंदेखि प्रजातन्त्र र साम्यबादी बिचार धाराको रस्साकस्सीले खलल पुर्याइरहेको देखिन्छ। एकले अर्कोलाई पछार्ने काम यही पार्टीमा नै रहन्छ र यसैको तिक्तताले नै राजनीतिमा आगो बल्ने हो। कसैको विस्तारबादी नीति र कसैको साम्राज्यबादी नीतिले नै संसारको राजनीति अत्यन्त क्रुर बनेको छ।
लोकतन्त्रमा निर्वाचनलाई अपरिहार्य मानिन्छ। विगतमा मितव्यायी हिसावले निर्वाचन भएका प्रशस्त उदाहारण छन्। अहिले भने निर्वाचना ठूलो धनराशी खर्च हुन थालेको छ। निर्वाचन गराउन सरकारको ठूलो धनराशी खर्च त भइ नै रहेको छ, त्यसमा पनि चुनावमा उम्मेदवारहरुको ठूलो धनराशी खर्च हुन्छ।
सन्२०२२-२३ मा करिव ७२ देशमा चुनाव सम्पन्न भएका छन्। ती मुलुकले निर्वाचनमा निकै ठूलो धनराशी खर्च गरे। एकातिर युद्धले सारा देश ध्वस्त छन् भने आर्कातिर छिटो छिटो चुनावी प्रक्रियाले त झन् आर्थिक क्षति गराई प्रजातन्त्रको स्तर नै खस्किएको देखिन्छ।
महंगो निर्वाचन पनि युद्ध जस्तै आर्थिक संकट निम्त्याउने फरक मार्ग हो, जसले ठूला बिकसित राष्ट्रहरु लगायत साना राष्ट्रलाई आर्थिक भार पर्न जान्छ।
यस्तो विश्व राजनीतिबाट बच्न अब सबै देशहरुले युद्ध, लडाईं, झगडा, वैमनश्यता, तिक्तता, आपसी कलह जरैदेखि निर्मुल गरी आपसी सद्भाब र भाइचाराको सोच राखी अगाडि बढेमा मात्र विश्वको राजनीतिमा सकारात्मक फेरबदल हुने निश्चित छ। अन्यथा यस्तैगरी चल्दै गएमा एकदिन विश्व डरलाग्दो स्थितिमा पुग्न जाने निश्चित छ र यो परिस्थितिमा संयुक्त राष्ट्र संघको उपस्थिति पनि निरर्थक देखिन्छ।
तसर्थ अब २०२४ को वर्ष उप्रान्त विश्वले यस्तो राजनीति खोजेको होइन। यसको सट्टामा बिश्वमा आज भएका शिर्षस्थ नेताहरुले एक ठाउँमा बसी युद्ध आतंक, फुट, कलह, धाक धम्की त्यागी आपसी मेलमिलाप, सहयोग, संसारका सबै मानिसलाई गास, बास र लत्ता कपडाहरुको ब्यबश्थापन गरी सारा विश्वका मानव जातिमा खुसी सुख ल्याउन प्रयत्न गरुन्। कोही भोका, नांगा र घरबार बिहीन नहुन्।
Facebook Comment