अमेरिकी इतिहासकै सबैभन्दा ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद, के थियो योजना ?
काठमाडौं । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआई (फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन) ले भर्जिनियाको एक फार्ममा छापा मार्दा १५० वटा बम बरामद गरेको जनाएको छ ।
यो अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो विस्फोटक बरामद हो। आइल अफ वाइट काउन्टीका ब्राड स्पाफोर्ड नामका एक व्यक्तिलाई डिसेम्बर १७ मा पक्राउ गरिएको थियो।
एफबीआईलाई उनले हतियार र गोलाबारुद संकलन गरिरहेको जानकारी प्राप्त गरेको थियो ।
अभियुक्तको घरको सुत्ने कोठामा भेटिएको असुरक्षित झोलामा ‘नो लाइभ म्याटर’ लेखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
वास्तवमा, ‘नो लाइभ्स म्याटर’ अमेरिकामा अति दक्षिणपन्थी र सरकार विरोधीको सन्दर्भमा प्रयोग गरिन्छ। ब्राडका वकिलले उनीमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment