भारतीय नागरिकबाट १८ वर्षीय किशोरी बलात्कृत

डिसी नेपाल
१७ पुष २०८१ १२:३२

झापा । बलात्कार आरोपमा झापा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी डेरा गरेर बस्ने ३५ वर्षीय भारतीय नागरिक कुमार तामाङलाई पक्राउ गरेको हो।

उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ती किशोरीलाई शुक्रबार साँझ बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *