ओलीलाई भीम रावलको प्रश्न- कुनै पद र जिम्मेवारी नै नभएको व्यक्तिलाई किन स्पष्टीकरण सोधेको?
काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले आफूलाई स्पष्टीकरण सोध्नु नै गलत भएको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रावलले पत्रमा आफ्नो कुनै पद वा नाममा सदस्यसमेत उल्लेख नगरी सोधिएको स्पष्टीकरण राजनीतिक प्रतिसोध भएको आरोप लगाएर
‘६ कात्तिकमा स्पष्टीकरण हात पर्यो। मैले गम्भीरता साथ पढेँ। हालसम्मको एमालेको इतिवृतान्तको सम्झना भयो। पत्र भीमबहादुर रावल नेकपा एमालेलाई लेखिएको रहेछ। मेरो नाममा सदस्य वा पद उल्लेख गरिएको छैन। म छक्क परेँ, स्पष्टीकरण पत्र हो कि दोषपत्र। मलाई द्विविधा भयो,’ उनले भने।
उनले पार्टीको सदस्य वा कुनै स्थान नभएको व्यक्तिलाई स्पष्टीकरण कसरी सोधियो भन्दै प्रश्न समेत गरेका छन्। आफ्नो नाम र पद उल्लेख नहुनुलाई केपी ओली गुटको पूर्वाग्रह भएको उनको आरोफ छ।
Facebook Comment