बामदेवले भने- म माधव नेपालसँग एकजुट भइसकेँ
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादी पार्टीसँग एकजुट भइसकेको बताएका छन्।
पार्टी एकताका विषयमा आज नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा अध्यक्ष माधव नेपालसँग छलफल गरेपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी एकताका लागि आफूहरू एकजुट भएको बताएका हुन्।
‘माधवजी र म एकजुट हुने भइसकियो। एकताका लागि दुवै पार्टीबीच समझदारी गरेर जाने सहमति भएको छ। एकता भएकै दिन मिडियालाई जानकारी गराउला’, उनले भने। एकताका लागि विलम्ब नहुने प्रतिक्रिया दिएका छन्।
छलफलमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, महासचिव घनश्याम भूषाल, प्रकाश ज्वालालगायत नेता सहभागी थिए।
एकीकृत समाजवादीका नेता गौतमलाई तेस्रो वरियता दिन सहमत भए पनि उनीसँग आउने अन्य नेताको विषयमा सहमति जुटिसकेको छैन। आजको छलफल सोही विषयमा केन्द्रित रहेको बताइएको छ।
Facebook Comment