अर्घाखाँचीमा ३४ वर्षीय पुरुषको १२ वर्षीया नाबालिकासँग बिहे

डिसी नेपाल
१७ पुष २०८१ १६:४७

बुटवल । अर्घाखाँचीमा १२ वर्षीया बालिकाको ३४ वर्षीय पुरुषसँग विवाह गराएको पाइएको छ। नाबालिकासँग बिहे गरेको र गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

भूमिकास्थान नगरपालिका-९ का ४५ वर्षीय सकुन्तला सारु र सन्धिखर्क नगरपालिका-८ का ३४ वर्षीय मुमाराम विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सकुन्तलाले बालिकालाई कामको प्रलोभनमा पारी घरमा बोलाएर मुमारामको जिम्मामा दिएको र त्यसपछि मुमारामले बालिकालाई सिन्दुर पहिराएर घर भित्र्याएको घटना बाहिरिएसँगै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

बालिकाको काकाले घटनाकाबारे प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीले घटनाको जानकारी पाएपछि मुमाराम र सकुन्तलालाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ। घटना मंसिर २६ को भए पनि प्रहरीलाई ढिलागरी सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *