ट्रम्पको होटलमा एलन मस्कको कार विष्फोट, एक जनाको मृत्यु सात घाइते
काठमाडौं । अमेरिकाको लस भेगासस्थित ट्रम्प होटल बाहिर टेस्ला साइबर ट्रक मोडलको कारमा विस्फोट भएको छ । चालकको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।
विष्फोट भएको होटलको ५० प्रतिशत स्वामित्व अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्रम्प अर्गनाइजेसनसँग छ । होटलको नाम उनकै नामबाट राखिएको छ ।
विष्फोट भएको गाडी ट्रम्पले आफ्नो सरकारमा बरिष्ठ पद दिने घोषणा गरिसकेका अर्बपति एलन मस्कको कम्पनी टेस्लाको उत्पादन हो ।
बुधबार कार होटल अगाडिको सिसाको ढोकानजिकै रोकिएको प्रहरीले जनाएको छ । त्यही क्रममा धुवाँ निस्कन थाल्यो र विस्फोट भएको थियो ।
यो घटनाको केही घन्टा अघि एक ट्रक न्यू अर्लिन्समा भीडमा मानिसहरूलाई कुल्चिँदै दौडिएको थियो । जसमा १५ जनाको मृत्यु भएको छ ।
एलन मस्कले टेस्ला साइबरट्रकमा भएको विस्फोट र न्यू अर्लिन्समा भएको घटना कुनै न कुनै रूपमा सम्बन्धित हुनसक्ने बताए।
यसै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले पत्रकार सम्मेलनमा यी दुई घटनाबीच कुनै सम्बन्ध नभएको बताए ।
Facebook Comment