अमेरिकाको न्यू अर्लिन्समा भीडमा ट्रक दौडाउने व्यक्तिको पहिचान

डिसी नेपाल
१८ पुष २०८१ ११:२९

काठमाडौं । अमेरिकाको न्यु अर्लिन्सस्थित बोर्बोन स्ट्रिटमा ट्रकले मानिसहरूको भीडलाई किच्दा १५ जनाको मृत्यु भएको छ । राष्ट्रपति जो बाइडेनले आक्रमणकारीलाई चरमपन्थी संगठन आईएसबाट प्रभावित भएको बताए ।

अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले आरोपित चालकको पहिचान ४२ वर्षीय शमसुद्दीन जब्बरको रूपमा भएको र उनी पूर्व सैनिक भएको बताएको छ । अभियुक्त टेक्सासका बासिन्दा हुन् ।

प्रहरीको गोली लागेर अमेरिकी नागरिक तथा ट्रक चालक शमसुद्दीन जब्बारको मृत्यु भएको छ । अधिकारीहरुले १५ जनाको मृत्यु भएको र कम्तीमा ३५ जना घाइते भएको बताएका छन् ।

अभियुक्तसँग षड्यन्त्रमा अन्य कोही संलग्न थिए वा थिएनन् भन्नेबारे पनि अनुसन्धान एजेन्सीले अनुसन्धान गरिरहेको छ ।

एफबीआईले अभियुक्तको गाडीमा चरमपन्थी संगठन आईएसको झण्डा भेटिएको बताएको छ । यसबाहेक हतियार पनि बरामद भएको छ ।

अभियुक्तले किन आक्रमण गरे भन्ने खुल्न सकेको छैन ? यस विषयमा अनुसन्धान जारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *