मोन्टेनेग्रोमा गोली चल्दा दुई बालबालिकासहित १० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा
काठमाडौं । युरोपेली देश मोन्टेनेग्रोको दक्षिणमा बुधबार भएको गोलीकाण्डमा दुई बालबालिकासहित १० जनाको मृत्यु भएको छ । प्रहरीले यो जानकारी दिएको हो ।
सार्वजनिक प्रसारक आरटीसीजीले पुलिस अधिकारीहरूलाई उद्धृत गर्दै भनेअनुसार केही मृत्युहरू सेन्टिन्जेको एक रेस्टुरेन्टमा भएको थियो। यसपछि आक्रमणकारीले आफूलाई पनि गोली हानेका थिए ।
मोन्टेनेग्रो सरकारले बिहीबारदेखि तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । देशका प्रधानमन्त्रीले गोलीबारीलाई ‘भयानक दुर्घटना’ भनेका छन् ।
गृहमन्त्रीले आक्रमणकारीले आफ्नो परिवारका सदस्य, रेस्टुरेन्ट सञ्चालक र उनका दुई छोराछोरीको हत्या गरेको बताए ।
यसैबीच समाचार एजेन्सी एएफपीले प्रधानमन्त्रीलाई उद्धृत गर्दै गोलीबारीमा चार जना गम्भीर घाइते भएका र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको बताएको छ ।
Facebook Comment