जिउँदो रहँदा भाइरलको नाममा सन्तोषको स्वास फेर्न पाएनन् सचिनले

डिसी नेपाल
१८ पुष २०८१ १३:४५

काठमाडौं । केछ खबर भनेर सोद्धा ठट्यौंली स्वरमा ठिक छ हजुर, केछ हजुरको खबर भन्दै गुन्जीने बालगायक सचिन परियारको स्वर अब सुनिने छैन।

१४ वर्षीय सचिन सदाका लागि परलोक गएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि सचिनलाई बिहीबार महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको थियो।

परियारको बिहीबार बिहान १० बजे उपचारकै क्रममा निधन भएको हो। छोराको निधनबारे उनका बुवा तेजेन्द्र परियारले पुष्टि गरेका छन्।

सचिनको स्वास्थ्यमा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै परिवारले आर्थिक सहयोगको अपिलसमेत गरेको थियो। तर, उनको उपचारकै क्रममा निधन भएको हो।

सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए। हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन्।

‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनका रुचाइएका गीत हुन्।

सचिन कसरी भएका थिए भाइरल?

सचिन २०७७ सालपछि चर्चामा आएका हुन्। कोरोना महामारीले सक्कुल बन्द रहेको समयमा गुल्मी तम्घासस्थित अर्घाखाँची पार्कमा खेलिरहेका थिए। उनी ठट्टा गर्दै बोल्थे। मसिनो स्वरमा जानीनजानी गाउथे।

उनको त्यही होलिया र स्वर एक दिन एक जना टिकटकरको क्यामेरामा कैद भयो। उनले भिडियो सामाजिक सञ्जालमा पोस्ट भयो। पोस्ट भएको केही समय मै उनी भाइरल भए।

त्यही दिनबाट उनको दुर्गती सुरु भयो। भिडियोले रातारात ‘सेलेब्रिटी’ बनाएर काठमाडौं ल्यायो। उनलाई राम्रै निजी स्कुलमा भर्ना गरियो। झट्ट हेर्दा उनको जीवन कहाँबाट कहाँ पुग्यो।

तर, त्यो दीर्घकालीन हुन सकेन। केही समयपछि सचिन काठमाडौंका गल्लीमा माग्दै गरेका भेटिए। उनको त्यो भिडियो पनि भाइरल भयो। अब युट्युवका माध्यमबाट मनग्य आम्दानी गरिरहेकाहरूले सचिनको प्रत्येक कुरालाई बेच्न थाने।

सचिनलाई बेच्दा उनीहरूलाई राम्रै नाफा हुन थाल्यो। त्यही भिडमा सचिनका बुवा तेजेन्द्र परियार ‘कलौटे’ पनि मिसिए। उनी पनि छोराको नाम र आँसु बेचेर पैसाको खेती गर्न थाले।

गाउँको एउटा सामान्य मान्छे। सचितका आँसु बचेर कलौटेले राम्रै आम्दानी गरे। यतिबेला उनको कोटेश्वरमा एउटा दोहोरी साझ सञ्चालनमा छ।

पहिले कलौटे तम्घासको पुतलीसडकमा सिलाइ व्यवसाय गरेर परिवार धान्दै आएका थिए। सचिन कलौटेको पहिलो सन्दान हुन्।

सचिनले रोडबाट बुबालाई महलसम्म ल्याउँदा पनि उनले पितृ वात्सल्य पाउन सकेका थिएनन्। बुबाको व्यवहारले आजित आमाले कलौटेको साथ छोडिन्। आमाले बुबाको साथ छोड्दा सचिले पनि मातृवात्सल्य गुमाए।

नेपालका नामी कलाकारसँग अभिनय गर्न भ्याएका बाल कलाकार कुनै दिन काठमाडौंको सडकमा माग्दै भेटिँदा स्थानीयले लगेर खाने कुरा दिएका थिए। सचिनको कमजोर शरीले त्यो पचाउन सकेन। लगत्तै बान्ता भयो।

त्यसपछि स्थानीयले कलौटेलाई फोन गरे। उनको फोन उठेन। आफ्नो दुनियामा मस्त कलौटेलाई सचिनको प्रवाह थिएन। त्यहीबीचमा दर्जनौं क्यामेर र मोबाइल सचिनको भिडियो खिच्न थाले। त्यतिबेला अबोध सचिनले भनेका थिए, ‘बुबाले मलाई पिट्नुहुन्छ। अब म बुबासँग बस्न चाहँदैन। आमासँग बस्न चाहन्छु।’

उनकी आमाले अर्कै बिहे गरेकी छन्। बुबाले पनि दोस्रो बिहे गरिसकेका थिए। सचिन जस्तै उनकी बहिनीको पनि विचल्ली थियो।

कलौटेको फोन नउठेपछि सचिनलाई स्थानीयले प्रहरीको जिम्मा लगाए। कलौटेले प्रहरीको पनि फोन उठाएनन्। प्रहरीले सचिनलाई बालआश्रम पठाउने तयारी गरिरहेको समयमा कलौटे प्रहरी सम्पर्कमा आए। र, छोरालाई मोटरसाइकलमा राखेर घर लगे।

त्यसपछि पनि सचिनको जीवनमा थुप्रै उतारचढाव आए। हर्मोनको असन्तुलनले शारीरिक विकास पनि सन्तुलित थिएन। उनमा नसासम्बन्धी समस्या देखिएको थियो। यसअघि पनि उनी लामो समय अस्पताल बसेका थिए। त्यतिबेला उपचार खर्च सचिनलाई माया गर्नेहरूले नै बेहोरी दिएका थिए।

उनलाई कुनै बेला बुबा र युट्यबरहरूले राम्रोसँग सुत्नसमेत नदिएर डलर कमाइरहे। मेला महोत्सवमा उनको ठूलो माग थियो। त्यसले उनले राम्रोसँग पढ्न पाएनन्। जति दु:ख गरे पनि उनको जीवन भने फेरिएन। अन्तत्वगत्वा फक्रिन नपाउँदै सचिनको दुखैदु:खको जीवन अस्ताएको छ। भावपूर्ण श्रद्धाञ्जली।

यो पनि पढ्नुहोस्,

रहेनन् बालगायक सचिन परियार

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *