अमेरिकामा तेस्रो ठूलो आक्रमण, ११ जनालाई गोली हानियो

डिसी नेपाल
१८ पुष २०८१ १४:४६

काठमाडौं । अमेरिकामा फेरि एक पटक सर्वसाधारणमाथि हमला भएको छ । न्यूयोर्कको एक नाइट क्लबमा सामूहिक गोली हानाहानको घटना सार्वजनिक भएको छ, जसमा अहिलेसम्म ११ जनालाई गोली लागेको पुष्टी भएको छ ।

यो घटना न्यूयोर्कको क्विन्स शहरको अमाचुरी नाइट क्लबमा भएको हो । यसअघि न्यू अर्लिन्समा एक तीव्र गतिको ट्रकले मानिसहरूलाई किच्यो, जसमा १५ जनाको मृत्यु भएको थियो ।

त्यसको केही घण्टापछि लस भेगासको ट्रम्प इन्टरनेशनल होटलको बाहिर टेस्लाको साइबर ट्रकमा विस्फोट भएको थियो । यी घटना भएको २४ घण्टाभित्र यो तेस्रो घटना हो ।

यस घटनापछि न्यूयोर्क प्रहरी विभागका धेरै इकाइहरू घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन्। सामाजिक सञ्जालमा भाइरल भएको यो घटनाको भिडियोमा नाइट क्लबबाहिर ठूलो संख्यामा प्रहरी र एम्बुलेन्स देख्न सकिन्छ ।

तर, अहिलेसम्म न्युयोर्क प्रहरी विभागले यस सम्बन्धमा कुनै जानकारी दिएको छैन । यो नाइटक्लब शहरको सबैभन्दा उच्च-ऊर्जा रात्रि स्थलहरू मध्ये एक मानिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *