पारिवारिक बेमेल र भाइरल प्रवृत्ति सचिन निधनको कारक : प्रधानमन्त्री

डिसी नेपाल
१८ पुष २०८१ १६:२९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारको निधनप्रति दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सचिनको निधनप्रति दु:ख जनाएका हुन्।

‘बालगायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एक जना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको छ। बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली!!,’ ओलीले लेखेका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका परियारको बिहीबार बिहान १० बजे निधन भएको छ।

सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए। हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन्।

‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनका रुचाइएका गीत हुन्।

यो पनि पढ्नुहोस्,

रहेनन् बालगायक सचिन परियार

जिउँदो रहँदा भाइरलको नाममा सन्तोषको स्वास फेर्न पाएनन् सचिनले




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *