अब कास्कीमा सवारी साधनको ट्रायल दिँदा शुल्क तिर्न नपर्ने
कास्की। सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था कार्यालयमा ट्रायल दिँदा बाइक स्कुटर निशुल्क भएको छ। यातायाता ब्यबस्था बिभाग सवारीचालक अनुमति पत्र लिदा दिनुपर्ने प्रयोगात्मक परिक्षामा यस अघि निश्चित शुल्क तिर्नुपर्ने ब्यबस्था रहेको थियो।
त्यसैगरि अन्य सवारीसाधनमा पनि यस अघि लाग्दै आएको शुल्कमा ब्यापक कटौती भएको कार्यालय प्रमुख मिलन केसीले जानकारी दिए। बिगतमा ट्रायल दिन कार प्रयोग गरेबापत ३०० सय रुपैयाँ शुल्क तिनुपर्ने थियो भने अबदेखि २४ रुपैयाँ मात्रै शुल्क तिरेर ट्रायलका लागि कार प्रयोग गर्न सकिने भएको छ।
त्यसैगरि अबदेखि निजी सवारीसाधनले पनि ट्रायल परिक्षामा सहभागि हुन पाउने ब्यबस्था गरिएको छ। चारपाङग्रे जिप, कार, डेलिभरी भ्यानका लागि पहिला ३ सय रुपैयाँ तिर्नुपर्नेमा २४ रुपैयाँ मात्र शुल्क लिन सुरु भएपछि ट्रायल दिने सर्वसाधरणलाई धेरै राहत हुने कार्यालयले बताएको छ।
ट्रायल दिने क्रममा बसका लागि ७ सय रुपैयाँ लिने गरिएकोमा १ सय ८९ रुपैयाँ, मिनीबसका लागि पहिला ६ सय रुपैयाँ लिने गरिएको अब १ सय २४ रुपैयाँ र ट्याक्टरका लागि ५ सय रुपैयाँ लिने गरिएकोमा अब ८९ रुपैयाँ शुल्क लाग्नेछ।यस अगाडि पुराना मोडलका गाडीहरुबाट ट्रायल दिनुपर्ने बाध्यता अब हट्नेछ।
युरो मापदण्डका २०१९ मोडलका गाडीहरु ट्रायलमा राखिने ट्रायल ब्यबस्थापनको जिम्मेबारी पाएको सनराईज ड्राईभिङ्ग स्कुलका अध्यक्ष बशन्त भट्टचनले जानकारी दिए।
उनका अनुसार पावर स्टेरिङ, एसि, पावर विन्डोज, एबिएस एण्ड इबिडी सिस्टम, एयर व्याग, ८ सय सिसी क्षमताको इन्जिन, ग्राउण्ड किलियरेन्स १ सय ८५ सिसी, व्याक सेन्सर लगायतका विशेषता भएका गाडीहरु ट्रायलमा राखिएको छ। साथै आफ्नै सवारी साधन हुने ले आफ्नैबाट दिन सक्नेछन्। यो ब्यबस्था पछि सवारीचालक अनुमति पत्रका लागि सेवाग्राहीलाई राहत मिलेको अध्यक्ष भट्टचनले बताए।
Facebook Comment