अस्ट्रेलियाविरुद्धको पाँचौं टेस्टमा भारतको पहिलो इनिङ १८५ रनमा समेटियो
काठमाडौं । सिड्नीमा बोर्डर–गावस्कर ट्रफीका लागि अस्ट्रेलियासँग खेलिरहेको टेस्ट म्याचमा भारतीय टोलीको पहिलो इनिङ १८५ रनमा समेटिएको थियो ।
अर्कोतर्फ अष्ट्रेलियाको टोलीले ३ ओभरमा एक विकेट गुमाएर ९ रन बनाएको छ । योसँगै पहिलो दिनको खेल सकिएको छ ।
यो शृङ्खलामा अहिलेसम्म कुल चार खेल खेलिएका छन् । जसमध्ये दुई खेल अस्ट्रेलियाले जितेको छ । र सिरिजमा २–१ ले अगाडि छ ।
पहिलो खेलमा भारत विजयी भएको थियो । ब्रिसबेनमा भएको खेल बराबरीमा सकिएको थियो ।
यो टेस्ट अस्ट्रेलियाले जितेमा सिधै विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्नेछ ।
प्रतिक्रिया
Facebook Comment