बालगायक सचिनको गरियो अन्तिम संस्कार

डिसी नेपाल
१९ पुष २०८१ १३:३७

काठमाडौं । बिहीबार ज्यान गुमाएका बालगायक सचिन परियारको आज अन्तिम संस्कार गरिएको छ।

सचिनको पशुपतिस्थित विद्युतीय शवदाहगृहमा आज दाहसंस्कार गरिएको हो। उनको शव बिहीबार नै पशुपति पुर्‍याइए पनि आफन्तको पर्खाइमा आज दाहसंस्कार गरिएको हो।

लामो समयदेखि अस्वस्थ सचिन महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत थिए। उनको उपचारकै क्रममा हिजो बिहान १० बजे निधन भएको थियो।

भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका थुप्रै गीत समाजिक सञ्जालमा भाइरल छन्।

सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए। हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन्।

‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनका रुचाइएका गीत हुन्।

यो पनि पढ्नुहोस्,

मिलेन सचिनको आँखा दान गर्न




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *