दक्षिण कोरियामा राष्ट्रपतिलाई पक्राउ गर्न प्रहरी घरमै पुगेपछि चर्को हंगामा

डिसी नेपाल
१९ पुष २०८१ १५:२०

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योललाई उनको निवासमै पक्राउ गर्न पुगेको प्रहरी टोली उनीसम्म पुग्न सकेको छैन । यस गिरफ्तारीको विरोधमा उनका समर्थकहरु ठूलो संख्यामा भेला भएका छन् ।

राष्ट्रपतिको सुरक्षा बलले प्रहरीलाई राष्ट्रपति युनसम्म पुग्नबाट रोकेको छ। वास्तवमा, युनले ३ डिसेम्बरको रातमा अचानक मार्शल लको घोषणा गरेका थिए। यसको विरोधमा देशैभर चर्को विरोध भएको थियो ।

राष्ट्रपतिलाई महाभियोग लगाइएको थियो र त्यसपछि यस हप्ताको सुरुमा उनको विरुद्ध पक्राउ वारेन्ट जारी गरिएको थियो।

युनलाई राष्ट्रपतिको शक्तिको दुरुपयोग र विद्रोह गर्न उक्साएको घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरूसामु उपस्थित हुन बोलाइएको थियो। तर उनले जवाफ दिन मानेनन् ।

अहिले उनलाई पक्राउ गर्न करिब २० प्रहरी अधिकारीको टोली युन सुक–योलको घर पुगेको छ । राष्ट्रपतिका वकिलले यो “अवैध गिरफ्तारी वारेन्ट” लाई चुनौती दिने बताएका छन्।

डिसेम्बर १४ मा, सांसदहरूले उनलाई महाभियोग लगाउने पक्षमा मतदान गरे। यसपछि युनलाई आफ्नो जिम्मेवारीबाट निलम्बन गरिएको थियो ।

तर उनलाई देशको संवैधानिक अदालतको फैसलापछि मात्र पदबाट हटाउन सकिनेछ ।

यसैबीच उत्तर कोरियाबाट पनि प्रतिक्रिया आएको छ । त्यहाँको सरकारी मिडियाले दक्षिण कोरियामा ‘राजनीतिक अराजकता’को अवस्था रहेको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *